YouTube Link

गायक तथा संगीतकार विजय थापाको क्रेज बढ्दै

Facebook Link

कलाकारिता त्यस्तो पेसा हो, जसले समाजको यथार्थचित्र प्रस्तुत गर्दछ । र, समाजलाई सत्मार्गमा अघि बढाउन अभिप्रेरित गर्छ । आमनागरिकमा चेतनाको बहाव ल्याउन कलाकारिताको भूमिका प्रधान हुन्छ । कला र कलाकारको सम्मानको कुरा बेलामौकामा उठिरहन्छ । के बृद्ध के आधावैशे  के बालक सबैको हरपल सुख दुःखको सारथीमा मलमपट्टि सहित औषधिको रुपमा साहित्य, कला, गीतसंगीतलाई लिने गरिन्छ ।

 

चाहे चर्चित होस या गुमनाम नै किन नहोस् अहिले नेपाली गीतसंगीत तीन भागमा बाँडिएको महशुस गर्न सकिन्छ । एक खालको गीतसंगीत चर्चाको लागि आफ्नो सिर्जनालाई उदाङ्गो बनाई भाईरलको पछि लागेर चर्चा कमाइरहेको पाईन्छ । अर्का थरिका गीतसंगीत सबै पक्षलाई समेटेर गुणस्तरीय भएर पनि सफल मानिएका सिर्जना केहि समयसम्म लोकप्रिय भएर केहि समयपछि गुमनाम भएर जाने पनि पाईन्छ । अर्का खालका गीत संगीत भने गुमनाम तर गुणस्तरीय भएतापनि आफ्ना शुभचिन्तकले खोजी गरेर सुनिने÷हेरिने प्रचलन रहेको छ । यस्ता प्रकारका गीतसंगीतलाई स्तरीय र बौद्धिक प्रेरणादायिक सिर्जनाको रुपमा लिईन्छ ।

 

त्यस्तै यहि साहित्य, कला, गीतसंगीतको भिडमा एक दशकदेखि संघर्षरत एक युवा प्रतिभा गायक तथा संगीतकार हुन विजय थापा । उनी नेपालकै राजधानी काठमाडौं नजिक रहेको गल्छी गाउँपालिका–८ धादिङ जिल्लाको गोगनपानीबाट उदाएका प्रतिभावान संगीतकार तथा गायक हुन । बुबा अर्जुन थापा र आमा सरस्वती थापाकी कोखबाट जन्मिएका ४ परिवार मध्ये उनी कान्छा छोरा हुन । सानैदेखि बेग्लै स्वभाव रहेको र गायनमा धेरै रुची भएका कारण साथीभाईबीच उनले गीत गाउँदै सुनाउने गर्दथे । गीत गायनकै कारण उनले अध्ययन गर्ने स्कुलमा शिक्षक शिक्षिकाहरुबाट सबैको माया पाएकाले कलकार बन्ने सपना बोकेर काठमाडौ आएको उनी बताउँछन् ।

 

 

पुराना तथा नयाँ अग्रज गायक झलकमान गन्धर्व, राम थापा, रामकृष्ण ढकाल र शिव परियारका गीत धेरै मन पराउने र उहाँहरुबाट गीत गाउन आफु प्रेरित भएको उनी बताउँछन् । गायक बन्ने सपना बोकेको समयमा गायकको परिचय बनाउन उनले एल्बम पनि निकाले । २०७० सालमा “माई ड्रीम” नामक पहिलो एल्बम बजारमा लिएर उनी नेपाली सांगीतिक क्षेत्रमा औपचारिक रुपमा उदाए । जुन एल्बममा उनले ४ वटा गीत समेटेका थिए । जसमा “देखे तिमीलाई सपनीमा…”  “यो मायाले…” “आई लव यू…” “सुर्तीमा मोहनी…” रहेको छ । एल्बम बजारमा आएपछि उनमा एक खालको आत्मा सन्तुष्टि त मिल्यो नै उनले फेरि २०७३ सालमा दोस्रो एल्बम “माई ड्रीम २” बजारमा ल्याए । जसमा उनले “ओ नारन दाँते है ओखर…” “देखे तिमीलाई सपनीमा २…” “पूर्वै शहर…” “आमा…” बोलको ४ वटा गीत आम दर्शक स्रोतामाझ ल्याए । उनका पहिलो एल्बमबाट “देखें तिमीलाई सपनीमा…” र दोस्रो एल्बमबाट “ओ नारन दाँते है ओखर…” स्रोता दर्शकले धेरै रुचाएका गीत हुन । हालसम्म उनले दुई दर्जन भन्दा बढी गीत गाईसकेका छन भने धेरै सहकार्यको रुपमा लोकप्रिय चर्चित संगीतकार कल्याणसिंहसँग काम गरेको उनी बताउँछन् । हालै उनले शंकर भुजेलको शब्द रहेको “आँशु बिक्ने सहर भए खुशी किन्थे होला…” बोलको गीत लिएर आम दर्शक/स्रोता माझ आउने तयारीमा जुटेको बताए ।

 

गायक विजय थापा विभिन्न संघ संस्थाबाट सम्मानित पनि भएका छन । उनले “जिनियस म्यूजिक अवार्ड” बाट र “बक्स अफिस म्यूजिक अवार्ड” द्वारा पब्लिक च्वाईस अवार्डबाट समेत सम्मानित भएका छन् । हाल उनको माग र क्रेज विभिन्न मेला महोत्सवको स्टेजमा रहेको छ । हाल उनी मेला महोत्सवको स्टेज कार्यक्रममा व्यस्त छन् ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...