YouTube Link

पहिलो मनोरञ्जन फुटसल लिग-२०८२ प्रतियोगिता हुँदै

Facebook Link

काठमाडौं: ‘स्वास्थ्यका लागि खेलकुद’ मुल नारा सहित सेभेन ‘ए’ साईड पहिलो मनोरञ्जन फुटसल लिग-२०८२ प्रतियोगिता हुने भएको छ । लायन एफसीद्वारा आयोजित फुटसल लिग प्रतियोगितामा पाँच टोलीको सहभागी हुने जनाईएको छ ।

 

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको लायन एफसीका आयोजक तथा संयोजक ईन्द्र लामाले बताए । पाँच टोलीको सहभागी रहने यस प्रतियोगिता सबै सहभागी टोली नै आयोजक भएको र साथीभाइबीच आपसी भाइचाराको सम्बन्ध मजबुद हुने लामा बताउँछन् । त्यसैले प्रतियोगिताको नाम नै मनोरञ्जन फुटसल लिग राखिएको उनले बताए । प्रतियोगिताको विजेता र उप-विजेतालाई ट्रफी वितरण गरिने पनि संयोजक लामाले बताए ।

 

प्रतियोगिताबाट सहभागी टीलीसँग मिलेर उठाईएको रकम वापत सबै खेलाडिहरुले खेल सकिएपछि खानपिन र मनोरञ्जनात्मक तरिकाले समापन गरिने आयोजक समितिका व्यवस्थापक हेम केसीले बताए । खेलको माध्यमबाट साथीभाइसँग नजिकबाट आत्मियता बढ्ने भएकोले पनि यो आयोजना विशेष रहेको र आगामी दिनमा पनि यस्तै खालको प्रतियोगिता आयोजना गर्दै जाने केसीले बताए ।

 

भदौ  १४ गते शनिबार ईलाईट खेल मैदान, तेञ्जिङ चोकमा हुने प्रतियोगितामा आयोजक टोली लायन एफसी ‘ए’ र ‘बी’ सहित शिलापत्र मिडिया, शंकर एफसी, टाईगर युनाईटेड एफसीको सहभागी हुनेछ । प्रतियोगितालाई किङ्गस हिल प्रिमियम वाईन, हाइभिडियो, उदयपुर फुड प्रोडक्सन, एबीसी ट्रेड ग्रुपले साथ दिएको छ भने मिडिया पार्टनरको रुपमा अखबार नेपाल डटकम, शिलापत्र, अन्नपूर्ण टाइम्स, हेरालो खबर, सडक सदन साप्ताहिक र यूट्युव च्यानल नयाँ फैलो रहेको छ ।

 

सन् २०११ देखि नेपालमा खेल्न थालिएको फुटसल पछिल्लो समय स्वास्थ्यका लागि भएपनि काठमाडौं र सहरी क्षेत्रमा फुटसल खेल्नेको संख्या बढ्दो छ । युवा माझ लोकप्रिय बनेको फुटसल सानो मैदानमा इन्डोरभित्रै खेल्न सकिने भएकाले फुटसलमा क्रेज बढ्दो छ  । फुटसलमा व्यावसायिक सफलता बढ्नु नै सकारात्मक पाटो पनि हो । मैदान अभावले फुटबल खेल्न नपाउने पारखीका लागि यो उपयुक्त विकल्प बनेको छ । फुटसलका अधिकांश नियम फुटबलसँग मेल खान्छन् । तर, थ्रो गर्दाको नियम भने फरक छ । फुटबलमा हातले थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले गरिन्छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...