तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

वि.सं.२०८२ वैशाख २५ बिहीवार ०६:१४
2.6K
shares
काठमाडौं: किरातीहरुको महान् पर्व साकेला उभौली, ष्याँदर-पिदारको अवसरमा कुवेतमा हुने सांगीतिक प्रस्तुतीका लागि सुनुवार समुदायका चर्चित गायक महेश मुखिया सुनुवार त्यसतर्फ प्रस्थान गरेका छन् । “भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण, किरातीहरुको साझा अभियान” भन्ने मूल नारा सहित किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा र सुनुवार सेवा समाज कुवेतले संयुक्त रुपमा उक्त सांगीतिक कार्यक्रमको आयोजना गरेको हो ।
जेठ २ गते अर्थात् मे १६ तारिखमा हुने उक्त सांस्कृतिक कार्यक्रममा ष्याँदर-पिदारको अवसरमा शुभ-कामना आदान-प्रदान, किराती परम्परागत नृत्य, भेषभुषा प्रदर्शनका साथै गायक सुनुवारको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।
विदेशी भूमिमा किरात भाषा, धर्म, परम्परा, संस्कृतिको संरक्षण तथा प्रचार-प्रसार गर्न कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकको भनाई रहेको छ । कुवेतमा रहेका सम्पूर्ण किराती तथा गैर किराती नेपाली समुदायहरुलाई आफ्नो मौलिक संस्कृतिको संरक्षण सम्बर्द्धनका लागि हातेमालो गर्न सांगीतिक कार्यक्रममा उपस्थित हुन पनि आयोजकले आव्हान गरेको छ ।

वि.सं.२०८२ वैशाख २५ बिहीवार ०६:१४