YouTube Link

जन आकाशको १७औं वार्षिकोत्सवमा मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तक सार्वजनिक हुँदै

Khanepani Dhal
Facebook Link

काठमाडौं: जन आकाश साप्ताहिकको १७औं वार्षिकोत्सवको अवसर पारेर जन आकाश साप्ताहिकका प्रधान  सम्पादक मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तक सार्वजनिक हुने भएको छ ।

 

नेपालमा ‘कृपज’ अर्थात कृषि, पर्यटन, जलविद्युत देशका विकासको आधार भएको कार्कीको पुस्तकमा उल्लेख छ । ‘कृपज’ नामक पुस्तक जन आकाश मिडियाले बजारमा ल्याउन लागेको हो । पुस्तकमा नेपाल विकास गर्न ‘कृपज’को अवधारणाबाट सम्भव छ भनेर अहिले विदेशमा रहेका युवा पुस्तालाई सुझाव सहितको उत्साहित बनाउने लेखहरु पुस्तकमा पढ्न पाइने लेखक कार्कीको भनाई छ ।

 

लेखक कार्कीले हिमाल-पाहाड-तराई भूगोलको आधारमा भुगोलहरुलाई वर्गीकरण गरेर देशको कृषि प्रणालीलाई आधुनीकिकरण गरेर लैजान सुझाव सहितको लेख पुस्तकमा पढ्न पाईन्छ । कार्कीले यो भन्दा अगाडि पनि ‘माइली’ नामक उपन्यास पूर्व उपप्रधानमन्त्री सिपी मैनालीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिसकेका छन् । साथै ‘आउन साथी आउ सबै मिली बिजयको मिठो गीत गाउँ’ बोलको स्वदेश गान तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा बिमोचन गराई सार्वजनिक गरिसकेका छन् ।

 

गत वर्ष पनि विनोद कार्कीद्वारा रचना गरिएको ‘कति राम्रो रामेछापको सिन’ नामक लोक गीतको निर्देशन समेत गरिसकेका लेखक मोहन कार्कीले जन आकाश मिडियाको वार्षिकोत्सवको अवसरमा उपसभामुख ईन्दिरा रानामगरबाट गीतको म्यूजिक भिडियो समेत सार्वजनिक गराएका थिए ।

 

कार्कीको नेतृत्वमा सामाजिक क्षेत्रमा योगदान पुर्याएका विभिन्न क्षेत्रका व्यक्ति/व्याक्तित्वहरुलाई जन आकाश साप्ताहिक पत्रिकाले १०औ वर्ष पुगेको अवसरमा पुर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका वर्तमान महासचित सदस्य शंखर पोखरेलको प्रमुख आतिथ्यमा नेपालका राष्ट्रलाई योगदान पुर्याएका स्वर्गीय हिमालय  शम्शेर जंग बहादुर राणा,  नेपालकै पहिलो हास्य कलाकार बसुन्धारा भुषाल, राष्ट्रिय समाजसेवी भद्रा कुमारी घले लगायतलाई सम्मान गरेर सुरुवात गरेका थिए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
हेर्नुहोस् आज २०८२ असार २ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ असार २ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८२ असार २ सोमवार ०६:५३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...