YouTube Link

आमालाई साक्षी राखेर ललितपुर सहायक सिडिओ अमरदीप सुनुवारले गरे कविता वाचन

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: कवि अमरदीप सुनुवारको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । शनिबार ललितपुरको सातदोबाटोस्थिति शुभलाभ सभाहलमा स्रष्टा सुनुवारको एकल कविता वाचन समारोह सम्पन्न भएको हो ।

 

कवि सुनुवारले आफ्नी आमा यसोदा सुनुवारको उपस्थितिमा आमालाई नै साक्षी राखेर ‘आमा’ शीर्षकको एकल कविता वाचन सुरु गर्दा सबैको मन गर्बले चौडा भएको थियो । सबैले आमालाई नमन गरेका थिए । यसैगरी कवि सुनुवारले ‘सुपर मार्केट’, ‘आधुनिक चराहरू’, ‘आस्थाहरू’, ‘मेरो गाउँ’, ‘सहिद गेटसितका प्रश्नहरू’, ‘मेरो लिखु’, ‘वागमती प्रेम’, ‘सगरमाथा चढिरहेको आरोही’, ‘राष्ट्रगान गाइरहेका बालबालिका’, ‘एक गैरआवासीय नेपालीको डायरी’, ‘बगरका ढुंगाहरू’ डेढ दर्जन शीर्षक कविता वाचन गरेका थिए ।

 

 

कवि सुनुवार ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) हुन् । उनले विद्यालय अध्ययनकालदेखि नै कविता सिर्जना गर्दै आएको र अब कृतिगत रूपमा अघि बढेको बताए । स्रष्टा र सिर्जनाबारे नेपाली चलचित्र निर्देशक, निर्माता तथा लेखक प्रकाश सायमीले फेरिहस्त समालोचना गरेका थिए । साथमा संगीतकार प्राज्ञ शान्तिराम राई र कवि विमला तुम्खेवालगायतले पनि कवि सुनुवारका बारेमा भनाई राखेका थिए । समारोहमा ललितपुर प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, पूर्वएआईजी ठुले राईलगायतको उपस्थिति रहेको थियो ।

 

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...