YouTube Link

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ एनएफपिजे, नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै {फोटो झलकसहित}

Facebook Link

 

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे)ले आगामी चैत्र दोस्रो साता पत्रकारहरूबीच फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ । सो अवसरमा एनएफपिजेले आफ्नो तर्फबाट शनिबारदेखि टिम बनाउन प्रशिक्षणमा जुटेको छ ।

 

शनिबार सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलमा फुट्सल प्रशिक्षण थालेको हो । विगतका वर्षमा झैं यस वर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध फोटो पत्रकार तथा पत्रकारहरुको टिमबीच फ्रेण्डसिप खेल आयोजना गर्दैछ । तयारीसँगै आगामी बैशाखमा बंगलादेशको फोटो पत्रकार लगायत नारायणगञ्ज क्लवका सदस्यहरूसँग तय भएको मैत्रीपूर्ण फुटबल खेलका लागि राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले तयारी सुरु गरेको हो ।

 

 

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संस्थाका साथीहरू स्वस्थ पनि रहुन र अन्य संघ संस्थासँग पनि मैत्रीपूर्ण खेल खेल्न सकियोस् भन्ने उद्देश्यका साथ फुट्सल प्रशिक्षण थालेको एनएफपिजेका कार्यवहाक महासचिव घनश्याम श्रेष्ठले जानकारी गराए । उनले बंगलादेशका फोटो पत्रकार साथीहरू पहिलेदेखि नै मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आउन इच्छुक रहेकाले सोको तयारीका लागि अभ्यास थालेको पनि जानकारी दिए ।

 

 

फुट्सल प्रशिक्षणका लागि आगामी दिनमा प्रत्येक शनिबार संस्थाका साथीहरू मिलेर नियमित फुट्सल खेल्ने एनएफपिजेले जनाएको छ । यसअघि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)को २५औँ वार्षिक उपलक्ष्यमा पनि फुट्सल प्रतियोगिता आयोजना गरिएको थियो । त्यो समयमा १२ टोलीले सहभागीता जनाएका थिए । प्रतियोगितामा हाम्रो फुटसल पत्रकार टोलीले उपाधि उचालेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...