जाने हैन त आज नाचघर जमलमा ? धमाका मच्चाउँदै छन् इशाराले

वि.सं.२०७९ जेठ २८ शनिवार ०७:५६

काठमाडौं: हाँस्यकलाकार गणेश इशारा राईले आज काठमाडौको जमलमा रहेको नाचघरमा धमाका मच्चाउने भएका छन् ।
‘अल नेपाल एकल कमेडी शो-२०७९’ नाम दिएको इशाराको एकल प्रस्तुतीसँगै ख्याति प्राप्त वरिष्ठ कलाकारहरु समेतले भरपुर मनोरञ्जन दिलाउनेछन् ।
“जो धेरै हाँस्छ उ धेरै बाँच्छ” भन्ने मुल नाराका साथ इशाराको एकल शोमा बिशिष्ट ब्याक्तित्वका साथ वरिष्ठ कलाकारहरुको उपस्थिति रहने कार्यक्रम रहेको छ ।
हाँस्यव्यंग्य क्षेत्रमा दुई दशकदेखि क्रियाशिल कलाकार इशाराले दर्जनौ म्यूजिक भिडियो निर्देशन गर्नुका साथै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।
इशाराले “दुर्गती” “साँढेतन्त्र” “सदन हल र भट्टी पसल उस्तै” “भद्रगोल डटकम” जस्ता गाईजात्रे एल्बम श्रोता दर्शक माझ ल्याईसकेका छन् ।
हास्य कलाकार ईशाराले मृगौला रोगी खोटाङका हस्त बहादुर तामाङ, भोजपुरकी सिर्जना राई, दोलखाकी कौशिका ठकुरी, झापाकी ललिता चाम्लिङ सुब्बा, भोजपुरका राजेन्द्र राईलाई आर्थिक सहयोग जुटाई उपचार गराईसकेका छन् ।
कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यामा परि भैपरि आउने दु:खी, पिडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको कलाकार ईशाराले बताए ।
सफल महिला उद्यमी तथा वरिष्ठ समाजसेवी सुमित्रा बस्नेतको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा वरिष्ठ गीतकार, गजलकार तथा साहित्यकार अमर वान्तुलाई विशिष्ट स्रष्टा सम्मान-२०७९ ले सम्मान गरिने कार्यक्रम संयोजक सुरती राईले अखबार नेपाललाई बताए ।
कार्यक्रमलाई रोकिबा मल्टी प्रपोजले प्रायोजन गरेको छ भने एक्सन ईन्टरटेटमेन्ट, झर्ना कला केन्द्र र जुनतारा सांस्कृतिक सेवा समाजले संयुक्त आयोजना गरेको हो ।

वि.सं.२०७९ जेठ २८ शनिवार ०७:५६