YouTube Link

जाने हैन त आज नाचघर जमलमा ? धमाका मच्चाउँदै छन् इशाराले

Facebook Link

काठमाडौं: हाँस्यकलाकार गणेश इशारा राईले आज काठमाडौको जमलमा रहेको नाचघरमा धमाका मच्चाउने भएका छन् ।

‘अल नेपाल एकल कमेडी शो-२०७९’ नाम दिएको इशाराको एकल प्रस्तुतीसँगै ख्याति प्राप्त वरिष्ठ कलाकारहरु समेतले भरपुर मनोरञ्जन दिलाउनेछन् ।

“जो धेरै हाँस्छ उ धेरै बाँच्छ” भन्ने मुल नाराका साथ इशाराको एकल शोमा बिशिष्ट ब्याक्तित्वका साथ वरिष्ठ कलाकारहरुको उपस्थिति रहने कार्यक्रम रहेको छ ।

हाँस्यव्यंग्य क्षेत्रमा दुई दशकदेखि क्रियाशिल कलाकार इशाराले दर्जनौ म्यूजिक भिडियो निर्देशन गर्नुका साथै समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

इशाराले “दुर्गती” “साँढेतन्त्र” “सदन हल र भट्टी पसल उस्तै” “भद्रगोल डटकम” जस्ता गाईजात्रे एल्बम श्रोता दर्शक माझ ल्याईसकेका छन् ।

हास्य कलाकार ईशाराले मृगौला रोगी खोटाङका हस्त बहादुर तामाङ, भोजपुरकी सिर्जना राई, दोलखाकी कौशिका ठकुरी, झापाकी ललिता चाम्लिङ सुब्बा, भोजपुरका राजेन्द्र राईलाई आर्थिक सहयोग जुटाई उपचार गराईसकेका छन् ।

कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यामा परि भैपरि आउने दु:खी, पिडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको कलाकार ईशाराले बताए ।

सफल महिला उद्यमी तथा वरिष्ठ समाजसेवी सुमित्रा बस्नेतको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा वरिष्ठ गीतकार, गजलकार तथा साहित्यकार अमर वान्तुलाई विशिष्ट स्रष्टा सम्मान-२०७९ ले सम्मान गरिने कार्यक्रम संयोजक सुरती राईले अखबार नेपाललाई बताए ।

कार्यक्रमलाई रोकिबा मल्टी प्रपोजले प्रायोजन गरेको छ भने एक्सन ईन्टरटेटमेन्ट, झर्ना कला केन्द्र र जुनतारा सांस्कृतिक सेवा समाजले संयुक्त आयोजना गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...