YouTube Link

गणेश ईशारा राईको अल नेपाल एकल कमेडी शो भोलि (शनिबार)

Facebook Link

 

काठमाडौं: हाँस्यकलाकार गणेश इशारा राईको ‘अल नेपाल एकल कमेडी शो-२०७९’ भोलि शनिबार काठमाडौको जमलमा रहेको नाचघरमा धमाका मच्चाउने भएका छन् ।

 

जहाँ इशारासँगै ख्याति प्राप्त वरिष्ठ कलाकारहरु समेतले भरपुर मनोरञ्जन दिलाउनेछन् ।

 

सफल महिला उद्यमी तथा वरिष्ठ समाजसेवी सुमित्रा बस्नेतको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा वरिष्ठ गीतकार, गजलकार तथा साहित्यकार अमर वान्तुलाई विशिष्ट स्रष्टा सम्मान-२०७९ ले सम्मान गरिने कार्यक्रम पनि रहेको छ ।

 

विगत लामो समयदेखि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण रोकिएको हास्य कलाकार  ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम पुन: सुरु हुने भएको हो ।

 

जो धेरै हाँस्छ उ धेरै बाँच्छ, भन्ने मुल नाराका साथ इशाराको एकल ‘अल नेपाल कमेडी शो-२०७९’ कार्यक्रममा बिशिष्ट ब्याक्तित्वका साथ वरिष्ठ कलाकारहरुको उपस्थितिमा कार्यक्रम हुनेछ ।

 

दर्जनौ म्यूजिक भिडियो निर्देशन गरिसकेका इशारा गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साधेतन्त्र’ र ‘भद्रगोल डटकम’ मा अभिनय गरिसकेका छन् ।

 

हास्य कलाकार ईशाराले विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न सफल एक समाजसेवी तथा कलाकार हुन् ।

 

कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा बिरमाया राई ‘सोभोमा’ अक्षयकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पिडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले अक्षकोष निर्माण गरेको कलाकार ईशाराले बताए ।

 

कार्यक्रमलाई रोकिबा मल्टी प्रपोजले प्रायोजन गरेको छ भने एक्सन ईन्टरटेटमेन्ट, झर्ना कला केन्द्र र जुनतारा सांस्कृतिक सेवा समाजले संयुक्त आयोजना गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...