YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै भारत विजयी

Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले ३६ रनले पराजित गरेको छ । लण्डनको ओभल क्रिकेट मैदानमा अष्ट्रेलियालाई ३६ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

भारतले प्रस्तुत गरेको ३५३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ५० ओभर खेल्दै ३१६ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३५२ रन बनायो । भारतको भारतको उच्च लक्ष्यमा शिखर धवनले शतकीय इनिङ्स खेले । धवनले ११७ रन बनाए भने कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । कोहलीले ८२ रन जोड्दा शर्माले ५७ रन बनाए । हार्दिक पाण्डयाले ४८ रन जोडे । यस्तै महेन्द्र सिंह धोनीले विस्फोटक ब्याटिङ गर्दै १४ बलमा २७ रन बनाए ।

अष्ट्रेलियाका मार्कुस स्टोनीसले २ विकेट लिए । यस्तै पाट कुमिन्स, मिचेल स्टार्क र कल्टर नेईलले एक एक विकेट लिए । जितसंगै भारतले २ खेलबाट ४ अंक जोडेको छ । र, भारत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । भारतले पहिलो खेलमा दक्षिण अफ्रीकालाई हराएको थियो । अष्ट्रेलियाको यो पहिलो हार हो । अष्ट्रेलियाको ३ खेलबाट ४ अंक रहेको छ । अष्ट्रेलिया तालिकाको चौंथो स्थानमा छ । अष्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तान र दोस्रोमा वेष्ट इण्डिजलाई हराएको थियो । विश्वकप अन्तर्गत आज वेष्ट इन्डीज र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...