स्वस्तिमाको हिन्दी आइटम गीत ‘रंग-बिरंगी’ ट्रेन्डिङमा

वि.सं.२०७८ माघ १० सोमवार १५:११

काठमाडौं: अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को आइटम गीत युट्युब ट्रेन्डिङमा परेको छ ।
मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक भएको हो ।
फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुनेछ ।
सुनिधि चौहानको स्वरमा रहेको ‘रंग-बिरंगी’ बोलको गीतमा स्वस्तिमा भारतीय आइटम गीतको शैलीमा नाचेकी छन् ।
यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन् ।
जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन् ।
त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन् ।
केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरमा नेपालका थुप्रै ठाउँका दृश्यहरू देख्न सकिन्छ ।
जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ ।

वि.सं.२०७८ माघ १० सोमवार १५:११