YouTube Link

दसौँ संस्करणको लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता भर्चुअलबाट हुने

Facebook Link

काठमाडौं: नेपालस्थित युरोपियन युनियनको डेलिगेसनले लैङ्गिक समानताबारे लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

युरोपियन युनियनले दसौँ संस्करणको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) को सहायक कार्यक्रमको रुपमा यो प्रतियोगिता घोषणा गरेको हो ।

 

असोज १ देखि ९ असोजसम्म आयोजना हुने दसौँ संस्करण भर्चुअल रुपमा आयोजना हुनेछ । प्रतियोगितामा लैङ्गिक समानताका विषयमा बनेका फिल्म सहभागी हुन सक्ने युरोपियन युनियनले उल्लेख गरेको  छ ।

 

लैङ्गिक विभेद, लैङ्गिक समानताका फाइदा, नेपालमा लैङ्गिक समानताको अवस्था आदि विषय उठाइएका फिल्मलाई प्रतियोगितामा प्राथमिकता दिइने पनि युरोपियन युनियनले जनाएको छ ।

 

यी मात्र नभएर लैङ्गिक समानताका विषयलाई छुने अन्य विषयमा बनाइएका फिल्म पनि प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

 

प्रतियोगितामा सहभागी हुने फिल्मकर्मी नेपाली नागरिक हुनुपर्ने र फिल्मको लम्बाइ ४० मिनेट भन्दा कम हुनुपर्ने युरोपियन युनियनले शर्त राखेको छ ।  नेपालमा बोलिने जुनसुकै भाषामा बनेका फिल्म प्रतियोगितामा सहभागी हुन सक्ने छन् ।

 

तर यसरी बनेका फिल्म अंग्रेजी भाषामा सब टाइटल गरेको हुनुपर्नेछ । यदि अंग्रेजीमा नै पुरै फिल्म खिचिएको छ भने त्यसलाई नेपालीमा सबटाइटल गरेको हुनुपर्ने युरोपियन युनियनले जनाएको छ ।

 

प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले आफ्नो फिल्म एमपी ४ फम्यार्टमा [email protected] भदौ १५ मध्यरात सम्ममा पठाइ सक्नुपर्नेछ ।

 

फिल्मलाई युरोपियन युनियनको नेपालस्थित डेलिगेसनले गठन गरेको निर्णायक समूहले मूल्याङ्कन गर्नेछ र फेस्टिभलको सुरुवातमै विजेताको घोषणा गरिनेछ ।

 

प्रतियोगितामा उत्कृष्ट हुने फिल्मले ५ सय युरो प्राप्त गर्नेछ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...