YouTube Link

राष्ट्रिय बीमा संस्थानले साधारणसभा गर्ने भयो

Facebook Link

काठमाडौं:  राष्ट्रिय बीमा संस्थानले साधारणसभा गर्ने भएको छ । संस्थानले भदौ २६ गते शनिवार एकै पटक तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको हो ।

 

बीमा समितिले आर्थिक वर्ष २०६६/६७, २०६७/६८ र २०६८/६९ को लेखापरिक्षण प्रतिवेदन स्वीकृत गरे सँगै साधारणसभा गर्ने तयारी गरेको हो । राष्ट्रिय बीमा संस्थानले विगत १२ वर्षदेखि साधारणसभा गर्न सकेको छैन ।

 

संस्थान, बीमा समिति, महालेखा परिक्षकको कार्यालय र अर्थमन्त्रालयको समन्वयमा उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न गर्ने सहमति भएको थियो । कतिपय पुराना हिसाव नभेटिएको तथा हिसाव कितावको रेकर्ड नै नष्ट गरेका कारण पनि लेखापरिक्षण हुन सकिरहेको थिएन ।

 

महालेखा परिक्षणकको कार्यालय तथा अर्थमन्त्रालयले पटक पटक हिसाव मिलाउन तथा लेखापरिक्षण गर्न निर्देशन दिए पनि काम पुरा हुन सकेको थिए । यसले गर्दा तीन वटै निकायको रोहवरमा उक्त लेखापरिक्षण सम्पन्नका लागि बाटो खुलाइएको थियो ।

 

उक्त तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न भएर साधारणसभा हुने वित्तीकै अर्को तीन आर्थिक वर्षको पनि लेखापरिक्षण सम्पन्न हुने संस्थानले जनाएको छ । संस्थानले आन्तरिक रुपमा २०६९/७०, २०७०/७१, २०७२/७३ र २०७३/७४ को काम पुरा गरिसकेको छ ।

 

अघिल्लो तीन वर्षको साधारणसभा सम्पन्न हुने वित्तीकै थप चार वर्षको साधारणसभा गर्न संस्थानलाई खासै समस्या पर्ने छैन । बीमा समितिले पनि दुई तीन पटक गरेर साधारणसभा सम्पन्न गर्न सुझाव दिदै आएको छ । अहिलेकै हिसावले काम भैइरह्यो भने यसै वर्षमा उक्त चार वर्षको साधारणसभा पनि सम्पन्न गर्ने योजनामा संस्थान रहेको छ ।

 

र २०७४/७५ पछाडिको हिसाव किताव पुर्ण रुपमा सुरक्षित भएकाले संस्थानलाई लेखापरिक्षण गर्न गाह्रो पर्ने छैन । अहिलेको साधारणसभाले उक्त लेखापरिक्षण पारित मात्रै गर्ने कार्य योजना रहेको छ । विगत १२ वर्षदेखिको लेखापरिक्षण सम्पन्न भए पछि समितिले तोके अनुसारको पूँजी बढाउने पक्षमा संस्थान रहेको छ ।

 

लेखापरिक्षण नहुँदा संस्थाले विगत १२ वर्षदेखि बोनसदर निर्धारण गर्न पाएको छैन । पहिलो चरणको तीन आर्थिक वर्षको लेखापरिक्षण सम्पन्न हुने वित्तीकै संस्थाले बीमितले पाउने बोनसदर पनि निकाल्नेछ ।

 

यो पनी पढ्नुहोस् :

नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गर्यो

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...