YouTube Link

पाठकलाई फरक अनुभुति दिने संघर्ष

Facebook Link

बजारमा अहिले विभिन्न ब्यक्तिहरुका आफ्ना अनुभव र भोगाई समेटेर लेखिएका धेरै पुस्तकहरु प्रकाशित भएका छन् । तिनै पुस्तकहरुमध्य पढ्दा अलिक फरक अनुभुति हुने र सरल भाषामा उपलब्ध पुस्तक हो ‘संघर्ष’ ।

ईन्जिनियर गणेशराज वस्तीको दोस्रो संस्मरण कृति हो यो । भौतिक निर्माणका मात्र नभई शब्द चयन र संयोजन गर्ने कुशल क्षमता समेत भएका ईन्जिनियर वस्तीको यस्तो पुस्तक लेखन कार्यले नेपाली रचना र साहित्य क्षेत्रको श्रीबृद्धिमा एउटा र्इँटा थप्ने काम गरेको छ ।

नौ वटा संस्मरणखण्ड रहेको यस पुस्तकमा मध्यम वर्गीय परिवारले भोग्नु परेको घटनाको वास्तविक चित्रण गरिएको छ । सरल भाषाशैलीमा लेखिएको यस पुस्तकमा लेखक आफैले भोगेका घटनामा आधारित छ । लेखकले यस पुस्तकमा बिबिधताले भरिपूर्ण नेपालको प्रकृतिक सौन्दर्यताको साथै विभिन्न समयमा जीवनमा आएका समस्या, भोगाई तथा प्राप्त गरेका सफलता असफलताको मार्मिक रुपमा वर्णन गरेका छन् ।

निम्न तथा मध्यम वर्गीय परिवारले भोग्नु परेको पिडा प्रतिनिधि पात्र भएर प्रकाश पारेका छन । यस पुस्तकमा लेखकका जीवनका दुःखसुख अनुभव भोगाईलाई उतारेका छन । उनले पढाई र त्यसका क्रममा भोगेका वातावरण, परीक्षाका अनुभव तथा हाँसिल गरेका नतिजाले पारेका प्रभावलाई शब्दका माध्यमबाट उतारेर यसले जीवनमा पारेका तत्कालीन र दिर्घकालीन प्रभावलाई समेत प्रस्तुत गरेका छन ।

शब्द चयनमा निपुण वस्तीका रचना सजिलै बुझ्न सकिने हुन्छ । २०२४ सालमा गोरखाको सिरान्चोकमा जन्मिएका ईञ्जिनियर वस्तीका प्रविधिक सेवा प्रश्नोत्तर संग्रह २०६६, ईन्जिनियर सेवा प्रतियोगितात्मक परिक्षा दिग्दर्शन २०७१, भवन आवास तथासहरी विकास (नेपाल सन्दर्भ) २०७३, मनको आँधी कविता संग्रह २०७४ र नियात्रा २०७५ जस्ता कृतिहरु यस अघि नै प्रकाशित भईसकेका छन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...