नेकपा विवाद मिलाउन चिनियाँ राजदूतको सक्रियता बढ्यो
वि.सं.२०७७ असार २३ मंगलवार ११:४४
1.1K
shares
काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ ।
राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्र बनाएकी हुन् । मंगलबार बिहान मात्रै यान्छी र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
स्रोतका अनुसार नेता खनालालाई भेट्न यान्छी बिहान ९ बजे खनाल निवास डल्लु पुगेकी थिइन् । त्यहाँबाट उनी ४५ मिनेटपछि बाहिरिएकी थिइन् ।
आइतबार साँझ राजदूत होउले अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेर भेटवार्ता गरेकी थिइन् । सत्तारुढ दलभित्र शक्ति संघर्ष चुलिएका बेला चिनियाँ राजदूत होउको सक्रियतालाई राजनीतिक बृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।
वि.सं.२०७७ असार २३ मंगलवार ११:४४




















