राष्ट्रिय वाणिज्य बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न
वि.सं.२०७७ माघ ११ आइतवार १४:२२
1.4K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकको शनिबार भर्चुअल रुपमा वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको हो ।
बैंकले वार्षिकोत्सव अवसरमा अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ । यसका साथै बैंकले एकैदिन ५ वटा शाखा कार्यलय र ५ वटा एक्सटेनस्न काउन्टर स्थापना गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त दुई सेवाको भर्चुअल माध्यम मार्फत उद्घाटनसँगैं बैंकको स्मारिका पनि विमोचन गरे ।
राष्ट्रिय वाणिज्य बैंकको सिइओ किरण कुमार श्रेष्ठले वार्षिकोत्सवको अवसरमा बैंकले आागामी दिनमा अझ राम्रो गर्दै जाने बताए । यस्तै सो अवसरमा बैंकले वर्षको उत्क्रष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।
यो पनि पढ्नुहोस् :
धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई कारोबार अनुमति
वि.सं.२०७७ माघ ११ आइतवार १४:२२




















