मुक्तिनाथ विकास बैंकले अष्ट्रेलियाबाट रेमिट सेवा सञ्चालन
वि.सं.२०७७ असोज ११ आइतवार २३:०२
1.6K
shares
काठमाडौं: मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले अष्ट्रेलियाबाट पनि रेमिट सेवा सञ्चालन गरेको छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरुले अष्ट्रेलियामा रहेको मुक्तिनाथ रेमिट अष्ट्रेलिया (Muktinath Remit Australia) को कार्यालय तथा मुक्तिनाथ रेमिट अष्ट्रेलियाको website www.muktinathremit.com.au गरी वा मोबाईल एप्स बाट नेपालमा रहेका कुनैपनि बैंकको खातामा रकम पठाउन सकिने बैंकले जनाएको छ ।
मुक्तिनाथ रेमिट मार्फत पठाएको पैसा नेपालमा रहेको मुक्तिनाथ रेमिटको ४,००० भन्दा बढी एजेन्ट मार्फत प्राप्त गर्न सकिनेछ । मुक्तिनाथ रेमिट अष्ट्रेलिया को website www.muktinathremit.com.au मा थप जानकारि पनि हेर्न सकिने बैंकले जनाएको छ ।
कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्न बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज ११ आइतवार २३:०२




















