सुतेरै यात्रा गर्न मिल्ने बस तौलिहवा काठमाडौं रुटमा
वि.सं.२०७६ फागुन ९ शुक्रवार १३:२४
3.1K
shares
काठमाडौं: आधुनिक किसिमका सवारी भित्रने क्रम बढिरहेको समयमा सिद्धर्थ सार्वजनिक यातायात प्रालि भैरहवाले तौलिहवा काठमाडौं चल्ने रुटमा यात्रु सुतेर यात्रा गर्न मिल्ने सिल्पर सहितको बस सञ्चालनमा ल्याएको छ ।

मञ्जुश्री ट्राभल नामको ३४ सिटे सो रात्री बस सिद्धर्थ यातायात प्रलिले तीन महिना अघिदेखि तौलिहवा काठमाडौं, काठमाडौं तौलिहवा रुटमा सञ्चालन गरिरहेको तौलिहवाका टिकट बुकिंग प्रमुख उमेश शर्माले बताए ।

शर्माका अनुसार बसभित्र पछाडिको भाग दुई तला बनाएर आधुनिक किसिमले निर्माण गरिएको छुट्टाछुट्टै दुई क्याविनमा दुई-दुई जनाका दरले चार जना सुतेरै आरामदायी तवरले यात्रा गर्न सक्नेछन् भने बच्चाको हकमा दुई भन्दा बढी पनि क्याविनमा बस्न सकिनेछ।

निकै सर्वसुलभ दर कायम गरिएको एसी, आरामदायि सिट, टेलिभिजन, इन्टरनेट र सिल्पर सहितको सो बस सञ्चालन गर्नुको उदेश्य लामो दुरीमा कोहि यात्रु बिरामी परे वा सिटमा असहज महसुस भएमा त्यस्ता यात्रुले आरामसँग सुतेरै यात्रा गर्न सक्ने भएकाले यात्रुहरुकोआग्रह अनुसार नै यस्ता वस संचालनमा ल्याइएको सिद्धर्थ सार्वजनिक यातायात प्रालिले जानकारी दिएको छ ।
वि.सं.२०७६ फागुन ९ शुक्रवार १३:२४



















