केएसइ कम्पनीले ल्यायो विभिन्न अफरसहित नयाँ उत्पादनका विद्युतीय सामग्री
वि.सं.२०८२ भदौ १ आइतवार ०८:५२
1.4K
shares
काठमाडौं: विद्युतीय प्रविधिको दुनियाँमा केएसइ (KSE) नेपालले विभिन्न अफरसहित नयाँ उत्पादनका सामानहरू बजारमा ल्याएका छन् । शनिबार गोकर्णेश्वर नगरपालिकास्थित बेशिगाउँमा नयाँ उत्पादन सामग्रीहरू पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो । विगत दुई वर्षदेखि नेपाली उपभोक्तलाई सेवा प्रवाह गर्दै आइरहेको केएसइ नेपालले गुणस्तरीय विद्युतीय सामानहरू बिक्री वितरण गर्दै आईरहेको जानकारी दिईएको छ ।
दैनिक रूपमा भान्सामा प्रयोग गरिने घरेलु सामग्रीदेखि विभिन्न विद्युतीय सामग्री एउटै कम्पनी मार्फत उपलब्ध गराउने हिसावले उपभोक्ताको रोजाइ र विश्वासका लागि थप नयाँ उत्पादन सामग्री ल्याएको केएसइ नेपालका सञ्चालक कुमार नेपालीले जानकारी गराए । चीनमा भ्रमण तथा अवलोकन गरी नेपाली बजार र उपभोक्ताले उपयोग गर्न सक्ने टिकाउ तथा भरपर्दो सामग्री भित्र्याएको उनले बताए । कमसल र छिट्टै बिग्रिने झन्झटबाट मुक्ता गर्न बलियो र गुणस्तरी सामानहरू ल्याएको समेत नेपालीले जानकारी गराए ।

केएसइ ब्राण्डका सामग्रीहरू नेपालमा करिव ४० भन्दा बढी वितरकलाई उपलब्ध गराउँदै आएको छ । उपभोक्ता तथा ग्राहकलाई विश्वास दिने गरी सामान बिक्री वितरण भईरहेको व्यवसायी तथा ब्राण्डका सञ्चालक कुमार नेपालीले जानकारी दिए । उक्त कम्पनीमार्फ खरिद गरिएका सामग्रीको ग्यारेन्टी र वारेन्टी समेत लिने गरेकोले ग्राहकहरूको रोजाईमा पार्न सफल भएको छ । चाडपर्व लक्षित विभिन्न अफरको सुविधा समेत राखेर केएसइ ब्राण्डका सामानहरू बिक्री वितरण गर्न डिलरहरूलाई आग्रह गरेका छन् । केएसइ नेपालका ब्राण्डका सामानहरूमा मोबाइल चार्जर, एयरपट, ब्याट्री, कभर, मल्टि प्लग, चार्जवाला टर्च लाइट, साउण्ड रेर्कडर, बुम माइक लगायत सामग्रीहरू बजारमा आएका छन् ।
वि.सं.२०८२ भदौ १ आइतवार ०८:५२



















