Texas College
YouTube Link

ढिलो गरी अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि

Facebook Link

काठमाडौं: वाणिज्य बैंकहरुको नाफा उल्लेख्य बढेको देखिएको छ । बैंकहरुले शतप्रतिशतसम्मले नाफा बढेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न थालेका हुन् । ढिलो गरी विवरण सार्वजनिक गर्न थालेका बैंकहरुले नाफामा उल्लेख्य वृद्धि देखाएका छन् । यसअघि त्रैमासिक सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था भए पनि चालू आवबाट भने १ महिनाको समय थप गरिएको थियो । सोही कारण ढिलो गरी चौथो त्रैमासिकको विवरण सार्वजनिक हुन थालेको हो ।

 

आइतबारसम्म पाँच वाणिज्य बैंकहरुले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । तिनमा माछापुच्छ्रे बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र सिटिजन्स बैंक छन् । यीमध्ये ४ वटाको वित्तीय सूचक सुधारिए पनि सिटिजन्स बैंकको भने नाफा घटेको देखिएको छ । अघिल्लो आर्थिक वर्षमा नाफा ह्वात्तै घटेको कुमारी बैंकको गत आवमा ४५ हजार ९०८ प्रतिशतले नाफा बढेको छ । जुन अघिल्लो आवको तुलनामा ४५९ गुणा धेरै हो। खराब कर्जा घटाउन नसकेको बेला नाफामा भने कुमारीले ऐतिहासिक वृद्धि गरेको छ ।

 

यस्तै माछापुच्छ्रे बैंकले पनि करिब शतप्रतिशतले नै नाफा बढेको देखाएको छ । यसबाहेक कृषि विकास बैंकले ४८ प्रतिशत र सिद्धार्थ बैंकले १०.०६ प्रतिशतले नाफा बढाएर देखाएका छन् । हालसम्म अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्ने पाँचमध्ये सिटिजन्स बैंकले अघिल्लो आवको तुलनामा गत आवमा २ प्रतिशतले नाफा घटेको देखाएको छ ।

 

यस्तो छ पाँच वाणिज्य बैंकको अवस्था

कुमारी बैंकः

कुमारी बैंकको नाफामा भारी अंकको अन्तर देखिएको छ । अघिल्लो आवमा लाख मात्रै कमाउन सफल देखिएको बैंकले गत आवमा २ अर्बमाथिको नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा नाफामा खुम्चिएर बैंकले जम्मा ४६ लाख मात्रै कमाएको थियो। तर गत आवमा भने २ अर्ब ११ करोड ६४ रुपैयाँ नाफा कमाएको हो ।

 

बैंकले नाफा बढाउनुमा भने इम्पेयरमेन्ट चार्ज घटाउनु प्रमुख कारण देखिएको छ । बैंकले यस्तो चार्ज अन्तर्गत राखेको ६ अर्ब ८४ करोड रुपैयाँबाट २ अर्ब ७९ करोड रुपैयाँमा झारेको छ । यस्तै, बैंकले अघिल्लो वर्ष पाउनुपर्ने ब्याज बापतको रकम २ अर्ब ४१ करोड रुपैयाँ गत वर्ष असुल गरेको वित्तीय विवरणले देखाएको छ । सोही कारण बैंकको नाफावृद्धिमा योगदान पुगेको हो ।

 

कर्जा खराब वर्गमा वर्गीकरण भएमा बैंकहरुले राष्ट्र बैंकको निर्देशनअनुसार शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने हुन्छ । यस्तो कर्जा असुल हुन थालेसँगै बैंकहरुले नोक्सानी व्यवस्थापनमा राखेको उक्त पैसालाई नाफामा देखाउन सक्ने व्यवस्था छ । बैंकले पनि असुल हुन थालेपछि इम्पेयरमेन्ट चार्जलाई घटाएर उक्त रकम नाफामा राख्दा नाफामा ठूलो वृद्धि देखिन पुगेको हो । यो बाहेक बैंकले सञ्चालन आम्दानी, सञ्चालन नाफा, ब्याज आम्दानी सबै बढाएको छ । अघिल्लो आवमा बैंकले ९७ करोड रुपैयाँ सञ्चालन मुनाफा गर्दा गत आवमा भने ६ अर्ब १३ करोड रुपैयाँको मुनाफा गरेको हो । यस्तै सञ्चालन आम्दानी पनि अघिल्लो आवमा बैंकले १३ अर्ब ६३ करोडको गरेकोमा गत आवमा ४ अर्ब ६३ करोड रुपैयाँ गरेको छ ।

 

बैंकले ब्याज आम्दानी पनि बढाएको छ । अघिल्लो वर्ष १० अर्ब ८० करोड बराबरको ब्याज आम्दानी गरेको बैंकले गत आवमा कुल ११ अर्ब ५५ करोडको आम्दानी गरेको छ । त्यसो त गत आवमा बैंकले निक्षेपकर्तालाई ब्याजबापत कुल २० अर्ब ७३ करोड रुपैयाँ भुक्तान गरेको छ भने ऋणीबाट ब्याजबापत ३२ अर्ब २९ करोड रुपैयाँ असुल गरेको छ । बैंकले गत आवको वासलातमा नाफाभन्दा बढी कर तिरेको देखाएको छ । गत आवमा बैंकले खुद नाफा २ अर्ब ११ करोड गर्दा कर भने ३ अर्ब ६६ करोड रुपैयाँ तिरेको देखाएको हो ।

 

बैंकले अपरिष्कृत वित्तीय विवरणमा बैंकको वासलात सुधारिएको देखाए पनि लगानीकर्ताको भने हात रित्तै हुने देखाएको छ । बैंकको गत आवको मुनाफाबाट सेयरधनीलाई दिन मिल्ने नाफा अझै ऋणात्मक नै देखिएको हो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष ५ अर्ब ३६ करोडले ऋणात्मक हुँदा लगानीकर्ताको हात रित्तै रहन पुगेको थियो । गत वर्ष पनि यस्तो रकम ऋणात्मक नै रहने भनेपछि सेयरधनीले लाभांश नपाउने देखिएको हो ।

 

माछापुच्छ्रे बैंकः

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा नाफा करिब शतप्रतिशतकै हाराहारीले बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्षको बैंकको नाफा १ करोड ४ लाख मात्रै थियो । जुन गत वर्ष ९७ करोड रुपैयाँले बढाएको हो । बैंकले गत वर्ष गैरबैंकिङ सम्पत्ति लिलामी गरेपछि सोको कर्जामा गरेको नोक्सानी व्यवस्थापनबापतको रकम फिर्ता पाउँदा त्यसको असर नाफामा देखिएको छ ।

 

गत वर्ष बैंकले गैरबैंकिङ सम्पत्तिमा गरेको प्रोभिजनमार्फत ४६ करोड रुपैयाँ फिर्ता गरी नाफामा देखाएको हो । यस्तै बैंकको इम्पेयरमेन्ट चार्ज रिभर्सल पनि २५ करोड रुपैयाँले सकारात्मक देखिएको छ । त्यसो त गत वर्ष बैंकले ब्याज आम्दानी ५ अर्ब ७५ करोड रुपैयाँले बढाउँदा ७ अर्ब ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९८ करोड ब्याज आम्दानी र ६ अर्ब ३८ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेकोमा गत वर्ष बढाएको हो । बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष १ अर्ब ६६ करोड रुपैयाँमात्रै मुनाफा गरेको बैंकले गत वर्षमा ३ अर्ब ३३ करोड रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।

 

बैंकले वित्तीय सूचकहरुमा सुधार गरेसँगै बैंकका सेयरधनीले पाउने नाफामा पनि वृद्धि भएको छ । गत आवमा बैंकका वितरणयोग्य नाफा १ अर्ब ७७ करोड छ । उक्त नाफाबाट बैंकले सेयरधनीहरुलाई प्रतिकित्ता ९ रुपैयाँ २३ पैसासम्म लाभांश दिनसक्ने क्षमता राख्छ । खराबकर्जा समग्र वाणिज्य बैंकहरुकै चुनौती बनिरहँदा यो बैंकले भने यस्तो कर्जाको दर ३.८३ प्रतिशतमा सीमित राखेको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा कम हो । अघिल्लो आवमा बैंकको खराब कर्जा दर ३.८६ प्रतिशत थियो ।

 

कृषि विकास बैंकः

कृषि विकास बैंकले पनि नाफा ४८ प्रतिशतले बढाएर देखाएको छ । अघिल्लो आवमा २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ८२ करोडको नाफा देखाएको छ । बैंकले इम्पेयरमेन्ट चार्ज घटाएर नाफा बढाएर देखाएको हो । बैंकले खुद ब्याज आम्दानी ६.९३ प्रतिशतले बढेर ९ अर्ब ८२ करोड रुपैयाँ देखाएको छ भने कुल सञ्चालन आम्दानी १.८४ प्रतिशत घटेको देखाएको छ । बैंकले यो वर्ष खुद सञ्चालन आम्दानी २१.७१ प्रतिशतले बढेको देखाउँदा सञ्चालन मुनाफा भने बैंकले ४१.२९ प्रतिशत बढाएर देखाएको छ । बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत आइपुगेको छ भने इम्पेयरमेन्ट चार्ज २ अर्ब ४५ करोडबाट घटेर १० करोडमा सीमित भएको छ । इम्पेयरमेन्ट चार्जको रकम बैंकले ‘राइटब्याक’ गरेर यो वर्षको नाफामा देखाएका कारण नाफामा ४८ प्रतिशतको वृद्धि देखिएको हो ।

 

सिद्धार्थ बैंकः

सिद्धार्थ बैंकले भने अपरिष्कृत वित्तीय विवरणमार्फत गत आवमा १० प्रतिशतले नाफा बढाएर देखाएको छ । अघिल्लो आवमा ३ अर्ब ८ करोड नाफा कमाएको बैंकले गत आवमा ३ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको देखाएको हो । बैंकले खुद ब्याज आम्दानीतर्फ ८ अर्ब ४४ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.४३ प्रतिशतले धेरै हो । योबाहेक बैंकको सञ्चालन आम्दानी पनि बढाएर ९ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो आवमा यस्तो आम्दानी ८ अर्ब ९२ करोड रुपैयाँ थियो ।

 

बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ गुणा अर्थात् २२० प्रतिशत बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको हो । बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढ्दै २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ ।

 

निक्षेपमा ३८ अर्ब ९९ करोड र कर्जामा १९ अर्ब ७ करोड रुपैयाँको वार्षिक वृद्धि देखिएको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ रहेको छ । थोरै पुँजी कोषका बाबजुद पनि बैंकको व्यवसायमा सन्तुलित वृद्धि भएको देखिन्छ ।

 

सिटिजन्स बैंकः

सिटिजन्स बैंकले भने यो पटक नाफा घटाएर अपरिष्कृत वित्तीय विवरण निकालेको छ । अघिल्लो आवमा बैंकले १ अर्ब ३२ करोड कमाएकोमा गत आवमा १ अर्ब २९ करोडले बढेको देखाएको हो । यो अघिल्लो आवको तुलनामा २.२७ प्रतिशतले घटेको हो । गत आवमा बैंकले १७ अर्ब ३० करोड ब्याज आम्दानी गरेको देखाएको छ अघिल्लो आवमा योभन्दा बढी १९ अर्ब ७१ आम्दानी गरेको थियो ।

 

ब्याज आम्दानी घटे पनि गत आवमा बैंकको सञ्चालन आम्दानी भने बढेको देखाएको छ । अघिल्लो आवमा ७ अर्ब ५ करोड आम्दानी गरेको बैंकले गत आवमा ८ अर्ब १२ करोडको आम्दानी गरेको हो । यस्तै सञ्चालन मुनाफा भने यो वर्ष घटेको छ । अघिल्लो वर्ष २ अर्ब ४ करोड मुनाफा कमाएको बैंकले गत आवमा २ अर्ब मात्रै नाफा कमाएको हो । बैंकले खराब कर्जा पनि बढेको देखाएको छ । अघिल्लो आवमा ४.१० प्रतिशतमा रहेको खराब कर्जा गत आवमा ४.९४ प्रतिशतमा पुगेको हो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

साधन-स्रोतको पर्याप्तताविनै २२ वर्षमा सातपटक उत्कृष्ट युनिटको पुरस्कार

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १४:१२

बहुप्रकोपको जोखिममा रहेको नेपालमा विपद् उद्धारका लागि दक्ष जनशक्ति उत्पादन...

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...