YouTube Link

अत्यावश्यक भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मन्त्रालय आइदिन आग्रह

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएको छ । हाल अर्थ मन्त्रालयले अत्यावश्यक बाहेक भेटघाटका लागि नआउन आग्रह गरेको छ ।

 

मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रीत हुनुपर्ने भएकाले भेटघाटको स्वरूपमा केही परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सहसचिव धनिराम शर्मा नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । समितिमा सहसचिचवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् । समितिले गठन भएको भोलिपल्टै शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर बजेट लेखनको काम थालिसकेको छ ।

 

‘बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने हुन्छ । अनावश्यक भिडभाड हुँदा काम प्रभावित हुन्छ’, मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले भने, ‘तर, सबै भेटघाट बन्द गरिएको होइन । भेट्नै पर्ने सरोकारवालाहरूलाई पहिल्यै समय लिएर मात्र आइदिन आग्रह गर्न चाहन्छु ।’ खत्रीले सम्बद्ध मन्त्रालय तथा महत्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरू, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन आग्रह गरेका छन् ।

 

२०७२ सालमा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ । सरकारले बजेट निर्माणको कार्यतालिकामा हेरफेर गर्दै यो वर्ष बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस गरिसकेको छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले  गत १४ फागुनमा प्रतिनिधि सभा  र राष्ट्रियसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८/८२ को  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...