YouTube Link

बीमा प्राधिकरणले बीमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने

Facebook Link

 

काठमाडौं: बीमा प्राधिकरणले केही बीमा कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिने निर्णय गरेको छ । प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले मर्जरमा गएर पनि पूँजी वृद्धि गर्न नसकेका कम्पनीलाई हकप्रद शेयर जारी गर्न दिने निर्णय गरेको बताए ।

 

निर्जीवन बीमातर्फ पूँजी नपुगेका ५ कम्पनीले हकप्रद शेयर जारी गर्न पाउँछन् । हिमालयन एभरेष्ट इन्सुरेन्स, नेको इन्सुरेन्स, युनाइटेड अजोड इन्सुरेन्स, शिखर इन्सुरेन्स, सानिमा जिआइसी इन्सुरेन्सले अब हकप्रद निष्काशन गर्न पाउनेछन् ।

 

जीवन बीमातर्फ सूर्यज्योति लाइफ इन्सुरेन्स, सानिमा रिलायबल लाइफ इन्सुरेन्सले हकप्रैद सेयर जारी गर्न पाउनेछन् । प्राधिकरणले मर्जरमा गएर पनि पूँजी नपुगेका, थोरै मात्र पूँजी अपुग भएका कम्पनीले हकप्रद शेयर निष्काशन गर्न पाउने बताएको छ । उनीहरुले अपुग पूँजी बराबरको हकप्रद जारी गर्न पाउनेछन् ।

 

प्राधिकरणले जीवन बीमालाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पूँजी तोकेको छ । यसअघि जीवन बीमाको २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पूँजी हुने व्यवस्था थियो ।

 

प्राधिकरणले दुई पटकसम्म समय दिँदासमेत अधिकांश बीमा कम्पनीले पूँजी पुर्याउन नसकेपछि हकप्रद शेयर जारी गर्न दिने निर्णय गरेको हो । प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी बढाउने निर्णय गरेको थियो ।

 

त्यसको लागि पहिलो पटक २०७९ चैत मसान्तसम्मको म्याद दिइएको थियो । तर, त्यस अवधिमा अधिकांश कम्पनीले तोकिएको चुक्ता पूँजी नपुर्याएपछि फेरि समय थप गरेर असार मसान्तसम्मको म्याद दिइएको थियो । तर, अझै पनि अधिकांश कम्पनीको चुक्ता पूँजी पुगेको छैन ।

 

नेपालमा पहिला २० निर्जीवन र १९ जीवन बीमा कम्पनी थिए । अहिले १४ जीवन बिमा र १४ निर्जीवन बीमा कम्पनी छन् । यस्तै, २ पुनर्बीमा र ४ वटा लघुबीमा कम्पनी छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...