YouTube Link

नेपाल टेलिकमले ल्यायो ‘सी फोन’ प्रयोगकर्ताहरुलाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्न नयाँ आकर्षक प्याक

Facebook Link

 

काठमाडौं: नेपाल टेलिकमले सीडीएमए फिक्स्ड फोन सर्भिस अर्थात ‘सी फोन’ प्रयोगकर्ताहरुलाई फोरजी/एलटीई नेटवर्कमा स्थानान्तरण गर्नका नयाँ आकर्षक प्याक ल्याएको छ ।

 

भदौ १ अर्थात शुक्रबारदेखि लागु हुनेगरी सीडीएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकहरुले ग्राहकका लागि अनलिमिटेड बेसिक र अनलिमिटेड प्रिमियममध्ये एक प्याकेज प्रयोग गर्न सकिने सुविधा ल्याएको हो ।

 

टेलिकमले अनलिमिटेड बेसिक अन्तर्गत दैनिक ५ एमबीपीएसको १० जीबी डाटा प्याकेजका लागि नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ५ हजार ९९९ र वार्षिक अवधिका लागि १० हजार ४९९ रहेको छ भने महसुल अर्धवार्षिक अवधिका लागि ४ हजार ९९९ र वार्षिक अवधिका लागि ९ हजार ४९९ रुपैयाँ रहेको छ ।

 

त्यसैगरी अनलिमिटेड प्रिमियम अन्तर्गत दैनिक १० एमबीपीएसको १५ जीबी डाटा प्याकेज नयाँ जडान शुल्क अर्धवार्षिक अवधिका लागि ८ हजार ९९९ र वार्षिक अवधिका लागि १६ हजार ४९९ रुपैयाँ कायम गरिएको छ भने महसुल अर्धवार्षिक अवधिका लागि ७ हजार ९९९ र वार्षिक अवधिका लागि १५ जहार ४९९ रुपैयाँ रहेको छ ।

 

नयाँ जडान अन्तर्गत अर्धवार्षिक अवधिको प्याकेज लिने ग्राहकलाई प्रतिमहिना ४०० मिनेट कम्पनीको नेटवर्क भित्र (अन-नेट) र १०० मिनेट अन्य नेटवर्कमा (अफ-नेट) तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना अन नेटवर्क भित्र अनलिमिटेड र अन्य नेटवर्कमा १०० मिनेट कल गर्ने सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

कम्पनीका अनुसार उपलब्ध हुने १० जीबी वा १५ जीबी डाटा सकिएको अवस्थामा उच्च गतिको डाटा चलाउन चाहनेहरुका लागि ५० रुपैयाँमा २४ घण्टा समयावधि सम्म चलाउन मिल्ने १० जीबी डाटा एड अन प्याकको रुपमा उपलब्ध हुनेछ ।

 

त्यस्तै, प्रिपेड ग्राहकलाई मासिक रुपमा ३०० मिनेट अन-नेट भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० अन-नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ । भने, पोस्टपेड ग्राहकलाई मासिक रुपमा ४०० मिनेट अन-नेट भ्वाइस कल गर्न, ५० मिनेट अफ-नेट भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० अन-नेट एसएमएस पठाउने सुविधा ६ महिना सम्म उपलब्ध हुनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...