YouTube Link

नेपाल राष्ट्र बैंकले तिरायो विभिन्न वाणिज्य बैंकलाई नगद जरिवाना

Facebook Link

 

काठमाडौं: नेपाल राष्ट्र बैंकले केहि वाणिज्य बैंकलाई २०७९/०८०को तेस्रो त्रैमासिकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) र सम्पत्ति शुद्धीकरण निर्देशन उल्लंघन गरेको भन्दै नगद जरिवाना गरेको छ ।

 

राष्ट्र बैंकका अनुसार तत्कालीन क्रेडिट एण्ड कमर्स बैंक (हाल कुमारी बैंक)लाई सहुलियतपूर्ण कर्जा कार्यविधि विपरीत एउटै समूहलाई बढी प्रवाह गरेको लगायतका कसुरमा सचेत गराइएको छ । सो बैंकले कतिपय कर्जाहरूको प्रिमियम दर परिवर्तन गर्ने र पर्याप्त कर्जा नोक्सानी व्यवस्थापन समेत नगर्दा यस बैंकका सिईओ कारबाहीमा परेका हुन् ।

 

सो बैंकका प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेको भन्दै तत्कालीन प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठलाई पाँच लाख रुपैयाँ राष्ट्र बैंकले तिराएको छ । त्यस्तै, कुमारी बैंक लिमिटेडले पनि सहुलियतपूर्ण कर्जाको औचित्य पुष्टि नगर्दा निक्षेपमा प्रकाशित ब्याजदर भन्दा बढी ब्याज दिँदा र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगर्दा यस बैंकका सिईओलाई समेत सचेत गराइएको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लङ्घन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराइएको छ । यसका साथै तत्कालीन सेन्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक)लाई गत साउन र भदौ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकले २ करोड ८४ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

 

सोही कसुरमा नेपाल बैंक लिमिटेडलाई पनि १८ लाख ५९ हजार ७५२ रुपैयाँ, नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकलाई चार करोड ४२ लाख ४६ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।

 

यस्तै कसुरमा अन्य दुई वाणिज्य बैंकलाई पनि जरिवाना तिराइएको छ । कृषि विकास बैंक लिमिटेडलाई ६९ लाख ५८ हजार ८३१ रुपैयाँ र हिमालयन बैंक लिमिटेडलाई ७१ लाख ७२ हजार ९५९ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...