पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर आठ रुपैयाँसम्म बढेर आयो
वि.सं.२०७९ माघ १८ बुधवार १७:४०
1.8K
shares
काठमाडौं: भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ ।
ग्यासमा भने प्रतिसिलिन्डर ७५ रूपैयाँ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयाल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको हो ।
निगमका प्रवक्ता विनितमणि उपाध्ययाका अनुसार पेट्रोल प्रतिलिटर ८.१ रुपैयाँ, डिजेल ७.९८ रुपैयाँ, मट्टितेल ४.६१ रुपैयाँ मूल्य बढेर आएको छ । भने, हवाई इन्धन ७.८० रूपैयाँले बढेर आएको छ ।
मूल्य समायोजन नगर्ने हो भने १५ दिनमा निगमलाई ९ करोड ४१ लाख रूपैयाँ घाटा हुने बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा विगत एक महिनामा कच्चा तेलको भाउ प्रतिब्यारेल करिब ८ अमेरिकी डलरले बढेको छ ।
वि.सं.२०७९ माघ १८ बुधवार १७:४०




















