YouTube Link

नेपाल क्रिकेट संघको बोर्ड बैठकबाट १३ निर्णय पारित

Nepali Sena Suvakamana Dashain
Facebook Link

 

काठमाडौं: पोखरामा बसेको चतुर बहादुर चन्दको अध्यक्षतामा नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले विभिन्न १३ निर्णय पारित गरेको छ ।

 

क्यानको बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि नेपाल टी-ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन, खेलाडीको सेन्ट्रल कन्ट्याक लगायतका विषयमा निर्णय गरेको छ ।

 

बैठकले पहिलो निर्णयको रुपमा नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सन कुमार झालाई नियुक्त गरेको छ । तस्तै संघको वार्षिक साधारण सभा आगामी फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने निर्णय बैठकेले गरेको छ ।

 

बैठकले सन २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि १८ जना पुरुष खेलाडी र १२ जना महिला खेलाडीहरूलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ  ।

 

बागलुङ र पर्वत जिल्ला क्रिकेट संघ तदर्थ समितिलाई मान्यता दिने निर्णय गरियो र अनुमोदनका लागि आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको छ ।

 

त्यस्तै अनुशासन उल्लङ्घनको कारबाहीमा परी निलम्बित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको छ ।

 

बैठकले पूर्व प्रहरी नायब महानिरीक्षक ईश्वर बाबु कार्कीको संयोजकत्वमा संघका एन्टी करप्सन अफिसरमा रितेश सिंह र थप एक जना सदस्य पछि मनोनयन गर्ने गरी ३ सदस्यीय क्यान इन्टीग्रिटी कमिटि गठन गर्ने निर्णय गरेको छ ।

 

नेपाल टी-ट्वान्टी लिग सकिएको कारण गभर्नीङ काउन्सिललाई विघटन गर्ने निर्णय र  सेभेन थ्री स्पोर्टस प्रालिसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्था सृजना भएकोले आगामी वार्षिक साधारण सभाबाट निर्णयका लागि पेस गर्ने निर्णय बैठकले गरेको छ ।

 

त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी बमोजिम स्पट फिक्सिङ कार्यमा संलग्न खेलाडी र व्यक्तिहरूको आरोप पुष्टि पश्चात् आइसिसी र क्यानको कोड अफ कन्डक्ट बमोजिम कारबा अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।

 

कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले कार्यवाहक सचिवको जिम्मेवारी छोडेकोमा बोर्डले अनुमोदन गर्ने निर्णय गर्दै बैठकले कार्यसमिति सदस्य श्री दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको रूपमा जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

नेपाल क्रिकेट संघका हाल विद्यमान निर्वाचित १५ सदस्यहरू मध्ये पाँच जना निर्वाचित सदस्यहरूले नेपाल टी२० लिगको विषयलाई लिएर अध्यक्ष लगायत कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेको विषयमा छलफल हुँदा निजहरूको उक्त मागले नेपाल क्रिकेट संघ फेरी एक पटक निलम्बनतिर जाने खतरामा रहेको महसुस गरेको छ तसर्थ विगतका कमीकमजोरीलाई सच्याई एक ढिक्का भएर नेपाल क्रिकेट संघको हकहितका लागि एकजुट भई अगाडि बढ्नका लागि सहकार्यमा आउन बोर्ड बैठकले आग्रह गरेको छ ।

 

यस्तै नेपाल टी-ट्वान्टी लिगका सम्बन्धमा एभरेस्ट प्रिमियम लिगका सञ्चालक अमिर अख्तर लगायतले नेपाल क्रिकेट संघ र संघका अध्यक्ष चतुर बहादुर चन्दको नाममा सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सम्बन्धम छलफल गर्दा उक्त मुद्दा फिर्ता लिनका लागि  अमिर अख्तर, ईपिएल लगायतका सबैलाई आग्रह गर्ने तथा संघको विशेष साधारण सभा आगामी २०८० जेठ मसान्त भित्र आयोजना गरी जिल्ला, प्रदेश र केन्द्रीय कार्य समितिको निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...