YouTube Link

एनआईसी एशिया बैंकले १० वटा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्यायो

World Cup 2026
Facebook Link

 

काठमाडौं: एनआईसी एशिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको छ ।

 

बैंकले काठमाडौं स्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड  अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।

 

क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिन्छ । यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ्ग समय भित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ ।

 

खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा पाँच सय रुपैयाँ र एक हजार रुपैयाँ दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार पाँच सय रुपैयाँ र दैनिक अधिकतम ९ लाख ९९ हजार पाँच सय रुपैयाँसम्म नगद जम्मा गर्न सकिनेछ ।

 

रकम जम्मा गर्ने प्रकृयालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्यअनुसार बचतकर्ताले उक्त मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड कोड प्राप्त हुनेछ ।

 

बचतकर्ताले उक्त कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ । उक्त मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ र डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिप मार्फत प्राप्त हुनेछ ।

 

बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभइ छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्याउने समेत गर्छ । बैंकले देशका विभिन्न स्थानमा यी मेसिनहरू सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि ग्राहक महानुभावहरूलाई भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

 

साथै, यस बैंकले निकट भविष्यमा यस सेवा देशका अन्य क्षेत्रमा पनि विस्तार गर्दै ग्राहक महानुभावहरूको अत्यावश्यक बैंकिङ्ग सेवालाई अझ सहज एवं सरल बनाउदै लैजाने अठोट लिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...