Health Ad
YouTube Link

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार शुरु

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जर प्रकृया पुरा गरी आजदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।

 

दुई बैंक एक भई ग्लोबल आइएमई बैंकको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन । यी दुई बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन ।

 

यी दुई बैंकबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुबै बैंकले गत मंसिर २३ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जर सम्बन्धि प्रस्तावलाई अन्तिम स्वीकृति प्रदान गरेका थिए ।

 

नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस १९ गते दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति प्रदान भएसँगै यी बैंकले एकिकृत कारोबार सुरु गरेका हुन ।

 

मर्जरपश्चात् बैंकको केन्द्रिय कार्यालय हालको ग्लोबल आइएमई बैंकको केन्द्रिय कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहने जानकारी बैंकहरूले दिएका छन् ।

 

बैंक अफ काठमाण्डूले यस वर्ष गत आर्थिक वर्षको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि समेत १४ दशमलव ९५ प्रतिशतका नगद लाभांश वितरण गर्ने प्रस्ताव गत मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाटै पारित गरिसकेको छ ।

 

बैंकले चुक्तापूँजी रू. १० अर्ब ६२ करोड ३९ लाख ९४ हजारको आधारमा कुल २० दशमलव ९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।

 

त्यस्तै ग्लोबल आइएमई बैंकले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत १० दशमलव ६ प्रतिशत नगद लाभांशलाई समेत सोही दिनको वार्षिक साधारण सभामार्फत पारित गरेको छ ।

 

यस वर्ष ग्लोबल आइएमई बैंकले चुक्तापूँजी रू. २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजारको आधारमा कुल १३ दशमलव ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको  हो ।

 

यी दुई बैंकहरूका अनुसार मर्जरपछि कुल सम्पत्ति रू. ५ खर्ब ५ अर्बभन्दा बढी, कुल निक्षेप रू. ४ खर्ब १२ अर्बभन्दा बढी र कुल ग्राहक संख्या ४० लाखभन्दा बढी पुगेको छ । देशको ७७ जिल्लासँगै विदेशमा समेत गरेर मर्जरपछि ११ सय सेवाकेन्द्रबाट बैंकले सेवा प्रदान गर्नेछ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...