Rajshow Bivag

सेयर कारोबारमा आज नेप्से परिसूचकमा हरियाली छायो

Departmant of helth services

 

काठमाडौं: सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५६.१० अंकले बढेर १०३०.९७ विन्दुमा पुगेर हरियाली छाएको छ ।

 

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएको थियो । सो दिन २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

नेप्से उच्च अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । आज २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर १ अर्ब  २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँमा खरिद बिक्री भयो ।

 

आज कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । अदर्श समूहका लगानीकर्ताले ५.२८ प्रतिशतले कमाएका छन् ।

 

सो समूहको मूल्य ५.२८ प्रतिशतले बढ्दा ट्रेडिङको ४.५६,हाइड्रोपावरको ४.३७ र इन्भेस्टमेन्टको ४.१७ प्रतिशतले मूल्य बढेको हो ।

 

फाइनान्सको ३.९५ र मनु एन्ड प्रोको ३.३३ प्रतिशतले मूल्य बढ्दा माइक्रो फाइनान्सको २.१९,लाइफ इन्स्योरेन्सको  २.०१,नन लाइफ इन्स्योरेन्सको  २.४२, होटल्स एन्ड टुरिजमको २.०९ र बैंकिङ समूहको २.२ प्रतिशतले मूल्य बढ्यो ।

 

यसदिन न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र युनिभर्सल पावरको ९ प्रतिशतले मूल्य बढ्यो । कारोबारको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रह्यो । सो बैंकको ६ करोड ६५ लाख ६० हजार २१५ रुपैयाँ सेयर कारोबार भयो ।

 

सोमबार पनि सोही बैंक शीर्षस्थानमा रहेको थियो। सो दिन ६ करोड १७ लाख २१ हजार २३२ रुपैयाँको सेयर कारोबार भएको थियो ।

 

Nishana Seving AD

Sahari Bikash Mantralaya
Alice Education home sports
आइतबारसम्म वर्षाको सम्भवना

आइतबारसम्म वर्षाको सम्भवना

वि.सं.२०८० चैत १६ शुक्रवार १०:२०

  काठमाडौं: तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान...

विवादमा एसपी बढुवा सिफारिस

विवादमा एसपी बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार ०९:४३

  काठमाडौं: नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी...

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० चैत १६ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५०

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

नवलपरासीबाट कांग्रेस महामन्त्री थापाको संवाद यात्रा शुरु

वि.सं.२०८० चैत १५ बिहीवार १०:१३

  काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको दोस्रो चरणको संवाद...

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

वि.सं.२०८० चैत १५ बिहीवार ०९:५८

  काठमाडौं: हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा...

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

नेपाल ‘ए’ले आज पहिलो खेल आयरल्यान्डसँग खेल्दै

वि.सं.२०८० चैत १५ बिहीवार ०९:२६

  काठमाडौं: नेपाल ‘ए’ टोलीले तीन खेलको टी-२० शृंखला अन्तर्गत...