YouTube Link

सेयर कारोबारमा आज नेप्से परिसूचकमा हरियाली छायो

Facebook Link

काठमाडौं: सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५६.१० अंकले बढेर १०३०.९७ विन्दुमा पुगेर हरियाली छाएको छ ।

अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.३९ अंकले वृद्धि भएको थियो । सो दिन २२४ कम्पनीको २५ लाख ७४ हजार ९७५ कित्ता सेयर ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेप्से उच्च अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ । आज २३१ कम्पनीको ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर १ अर्ब  २९ करोड ६ लाख ६४ हजार ६४२ रुपैयाँमा खरिद बिक्री भयो ।

आज कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । अदर्श समूहका लगानीकर्ताले ५.२८ प्रतिशतले कमाएका छन् ।

सो समूहको मूल्य ५.२८ प्रतिशतले बढ्दा ट्रेडिङको ४.५६,हाइड्रोपावरको ४.३७ र इन्भेस्टमेन्टको ४.१७ प्रतिशतले मूल्य बढेको हो ।

फाइनान्सको ३.९५ र मनु एन्ड प्रोको ३.३३ प्रतिशतले मूल्य बढ्दा माइक्रो फाइनान्सको २.१९,लाइफ इन्स्योरेन्सको  २.०१,नन लाइफ इन्स्योरेन्सको  २.४२, होटल्स एन्ड टुरिजमको २.०९ र बैंकिङ समूहको २.२ प्रतिशतले मूल्य बढ्यो ।

यसदिन न्यादी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र युनिभर्सल पावरको ९ प्रतिशतले मूल्य बढ्यो । कारोबारको आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रह्यो । सो बैंकको ६ करोड ६५ लाख ६० हजार २१५ रुपैयाँ सेयर कारोबार भयो ।

सोमबार पनि सोही बैंक शीर्षस्थानमा रहेको थियो। सो दिन ६ करोड १७ लाख २१ हजार २३२ रुपैयाँको सेयर कारोबार भएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...