Texas College
YouTube Link

पछिल्लो समय प्रविधिको प्रयोग बढेसँगै डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य बृद्धि

Facebook Link

 

काठमाडौं: पछिल्लो समय प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य बृद्धि भएको पाईएको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक वर्षको अवधिमा ४८ लाख भन्दा बढी वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको भदौ महिनाको तुलनामा यस वर्षको गत महिनासम्ममा ४८ लाख ८९ हजार २५६ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् ।

 

गत वर्षको भदौ महिनासम्म ९६ लाख ३५ हजार ८८८ जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता ५०.७४ प्रतिशतले बढेर यस वर्षको भदौ महिनासम्म आइपुग्दा एक करोड ४५ लाख २५ हजार १४४ जना पुगेका हुन् ।

 

वालेटसंगै मोबाइल बैंकिङका प्रयोगकर्ताहरु पनि २७ प्रतिशतले बढेका छन् । गत वर्षको भदौदेखि यस वर्षको भदौसम्म ४० लाख १६ हजार ७९६ जना नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हुन् ।

 

गत वर्षको भदौसम्म एक करोड ४८ लाख ७२ हजार ६३४ जना रहेकोमा यस वर्षको भदौ महिनासम्म आइपुग्दा उक्त संख्या बढेर एक करोड ८८ लाख ८९ हजार ४३० जना पुगेका हुन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु पनि ४ लाख ९५ हजार ६५४ जनाले बढेका छन् । गत वर्षको भदौ महिनासम्म १२ लाख १० हजार ४३७ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु रहेकोमा उक्त संख्या बढेर १७ लाख ६ हजार ९१ पुगेको छ ।

 

त्यस्तै, कनेक्ट आइपिएस, डेबिट कार्ड र क्रेडिट कार्डका प्रयोगकर्ता पनि बढेका छन् । गत महिनाको भदौसम्म कनेक्ट आइपिएसका प्रयोगकर्ताहरु ९ लाख ३३ हजार ८७५ जना पुगेका छन् । यस्तै, यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड १३ लाख ४९ हजार ३६२ जना र क्रेडिट कार्डका प्रयोगकर्ता २ लाख ५८ हजार ४३ जना पुगेका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

कर्मचारी आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सरकारको कडा निर्देशन

वि.सं.२०८३ वैशाख ९ बुधवार १३:२१

काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिताको प्रभावकारी...