पछिल्लो समय प्रविधिको प्रयोग बढेसँगै डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य बृद्धि

 

काठमाडौं: पछिल्लो समय प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण डिजिटल भुक्तानीको कारोबारमा उल्लेख्य बृद्धि भएको पाईएको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक वर्षको अवधिमा ४८ लाख भन्दा बढी वालेट प्रयोगकर्ता थपिएका छन् । गत वर्षको भदौ महिनाको तुलनामा यस वर्षको गत महिनासम्ममा ४८ लाख ८९ हजार २५६ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् ।

 

गत वर्षको भदौ महिनासम्म ९६ लाख ३५ हजार ८८८ जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता ५०.७४ प्रतिशतले बढेर यस वर्षको भदौ महिनासम्म आइपुग्दा एक करोड ४५ लाख २५ हजार १४४ जना पुगेका हुन् ।

 

वालेटसंगै मोबाइल बैंकिङका प्रयोगकर्ताहरु पनि २७ प्रतिशतले बढेका छन् । गत वर्षको भदौदेखि यस वर्षको भदौसम्म ४० लाख १६ हजार ७९६ जना नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हुन् ।

 

गत वर्षको भदौसम्म एक करोड ४८ लाख ७२ हजार ६३४ जना रहेकोमा यस वर्षको भदौ महिनासम्म आइपुग्दा उक्त संख्या बढेर एक करोड ८८ लाख ८९ हजार ४३० जना पुगेका हुन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु पनि ४ लाख ९५ हजार ६५४ जनाले बढेका छन् । गत वर्षको भदौ महिनासम्म १२ लाख १० हजार ४३७ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ताहरु रहेकोमा उक्त संख्या बढेर १७ लाख ६ हजार ९१ पुगेको छ ।

 

त्यस्तै, कनेक्ट आइपिएस, डेबिट कार्ड र क्रेडिट कार्डका प्रयोगकर्ता पनि बढेका छन् । गत महिनाको भदौसम्म कनेक्ट आइपिएसका प्रयोगकर्ताहरु ९ लाख ३३ हजार ८७५ जना पुगेका छन् । यस्तै, यस अवधिमा डेबिट कार्ड प्रयोगकर्ता एक करोड १३ लाख ४९ हजार ३६२ जना र क्रेडिट कार्डका प्रयोगकर्ता २ लाख ५८ हजार ४३ जना पुगेका छन् ।

 

Nishana Seving AD

NADA AUTO SHOW 2023
Alice Education home sports
स्थानीय तहका कर्मचारीहरु सडकमा

स्थानीय तहका कर्मचारीहरु सडकमा

वि.सं.२०८० असोज १५ सोमवार १४:२२

  काठमाडौं: शिक्षक र डाक्टरपछि स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका...

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८० असोज १५ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८० असोज १५ सोमवार ०६:१३

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

लामो समयपछि विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश

वि.सं.२०८० असोज १४ आइतवार १६:१२

  काठमाडौं: प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक २०८० पेश भएको छ...

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

चीन भ्रमणले दुई देशबीच रहिआएको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको: प्रधानमन्त्री

वि.सं.२०८० असोज १४ आइतवार १५:५६

  काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमणबाट दुई...

सिनामंगलस्थित केएमसीमा चिकित्सकमाथि कुटपिट

सिनामंगलस्थित केएमसीमा चिकित्सकमाथि कुटपिट

वि.सं.२०८० असोज १४ आइतवार १४:३२

  काठमाडौं:  काठमाडौं मेडिकल कलेज (केएमसी)मा इन्टर्न चिकित्सकमाथि कुटपिट भएको...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

वि.सं.२०८० असोज १४ आइतवार १४:१५

  काठमाडौं: सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्ने भएको...