गोर्खाज फाइनान्सको अध्यक्षमा किरणकुमार राई
वि.सं.२०७९ भदौ २१ मंगलवार १६:१९
2.1K
shares
काठमाडौं: गोर्खाज फाइनान्सको अध्यक्षमा किरणकुमार राई चयन भएका छन् । यही भदौ २१ गतेदेखि लागू हुने गरेर राई अध्यक्षमा चयन भएका हुन् ।
हाल सञ्चालक समितिको अध्यक्ष रहेका गौरव बुढाथोकीले पदबाट राजीनामा दिएपछि नयाँ अध्यक्ष चयन भएका हुन् । बुढाथोकीले व्यक्तीगत कारण देखाएर संस्थाको सञ्चालक समितिको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
कम्पनीको ४५४औं सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृत गर्दै राईलाई अध्यक्षमा चयन गरेको हो ।
वि.सं.२०७९ भदौ २१ मंगलवार १६:१९




















