कुमारी बैंक र होटेल शिरिषबीच विशेष छुट सम्झौता
वि.सं.२०७९ साउन २६ बिहीवार १८:०३
काठमाडौं: कुमारी बैंक लिमिटेड र होटेल शिरीषबीच कुमारी बैंकका ग्राहकहरुलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो ।
बैंकका डेबिट-क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १८:०३