Texas College
YouTube Link

विदेशी मुद्रामा खाता खोल्न सकिने प्रभु बैंक र एनआरएनएबीच सम्झौतापत्रमा हस्ताक्षर

Facebook Link

 

काठमाडौं: प्रभु बैंक र गैर आवासीय नेपाली संघबीच विदेशी मुद्रामा खाता खोल्ने र अन्य बैंकिङ सेवाका लागि सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गैर आवासीय नेपाली संघका अध्यक्ष विनोद कुँवरबीच हस्ताक्षर भएको छ ।

 

बैंकले ‘मातृभुमिको सम्मानका लागि नेपालमा खाता खोलौं’ नाराका साथ विदेशी मुद्रामा बचत तथा मुद्दति खाता खोल्न सकिने जनाएको छ ।

 

बैंकका अनुसार खाता अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर र जापानिज येनमा न्युनतम मौज्दात अमेरिकी डलर एक हजार वा सो बराबरको उपयुक्त परिवत्र्य विदेशी मुद्रा कायम गरी खोल्न सकिनेछ ।

 

खातामा नेपाल राष्ट्र बैंकको नीतिको अधिनमा रहि विदेशबाटै बैंकिङ प्रणलीबाट मात्र रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । खातामा नगद रकम जम्मा गर्न नपाइने बैंकले जनाएको छ ।

 

बैंकका अनुसार जम्मा गरेको रकम तथा आर्जन गरेको ब्याज विदेशमा नै फिर्ता लैजानु परेमा जम्मा गरेकै मुद्रामा सोही देशमा निक्षेपकर्ताको नाममा रहेको बैंक खातामा मात्र पठाउन पाइनेछ ।

 

बैंकका अनुसार तर यस्ता खातामा रहेको रकम नेपालमै खर्च गर्न तथा रकमान्तर गर्न सकिनेछ । सिइओ शेरचनले गैर आवासीय नेपाली र विदेशमा काम गरिरहेका नेपालीलाई बैंकले सबै सेवा दिने प्रतिवद्धता जनाए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...