बैंक अफ काठमाडौंको थप दुई नयाँ शाखा संचालनमा
वि.सं.२०७६ असार २ सोमवार ०९:०६
804
sharesकाठमाडौं: बैंक अफ काठमाडौंले आफ्नो सेवा तथा सुविधाहरुलाई विस्तार गर्ने उद्देश्यले थप एक्टेन्सन काउण्टर विस्तार गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरबाट बैंकले एक्टेन्सन् काउण्टरको सेवा थालनी गरेको छ ।
त्यसैगरी, बैंकले थप दुई नयाँ शाखा कार्यालय पनि संचालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले ७८ औं शाखा कार्यालय लम्जुङको सुन्दरबजारमा र ७९ औं शाखा कार्यालय बुधबारेमा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।
वि.सं.२०७६ असार २ सोमवार ०९:०६