प्रतिलिटर ३ रुपैयाँका दरले फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
वि.सं.२०७८ माघ १९ बुधवार १०:२७
2.2K
shares
काठमाडौं: नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ ।
निगमले साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले बढाएर काठमाडौको डिपो क्षेत्रको १५ किलोमिटर परिसर भित्रको लागि पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १४२ र १२५ रुपैयाँ कायम गरेको छ ।
साथै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले बढाएर बिक्री मूल्य प्रति लिटर ११६ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर एक सयले बढाएर प्रति किलो लिटर बिक्री मूल्य अमेरिकी डलर १०९५ कायम गरेको छ ।
एलपी ग्यासको नयाँ खरिद मूल्य प्रति सिलिण्डर ८१ रुपैयाँ ६२ पैसाले घटेर आएपनि अझै निगमलाई प्रति सिलिण्डर ५६० रुपैयाँ घाटा हुँदासमेत बिक्री मूल्य नबढाई हाललाई यथावत नै राखिएको निगमका सह-प्रवक्ता पुष्कर कार्कीले विज्ञप्ती जारी गर्दै जानकारी गराएका छन् ।
वि.सं.२०७८ माघ १९ बुधवार १०:२७




















