मेगा बैंक नेपाल लिमिटेडको एक लाख बढी संस्थापक शेयर बिक्रीमा
वि.सं.२०७८ पुस १९ सोमवार १२:२४
काठमाडौं: मेगा बैंक नेपाल लिमिटेडले एक लाख ८ हजार ६ सय ३९ कित्ता संस्थापक शेयर पुस १९ गते सोमवार आजदेखि विक्रीमा ल्याएको छ ।
बैंकले याला एडभेन्चर प्रा.लि.को नाममा रहेको १२ हजार ८ सय २० कित्ता र मन्दिरा शाहको नाममा रहेको ९५ हजार ८ सय १९ कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय राईजिङ्ग मल, कमलादी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गरिने जानकारी समेत बैंकले दिएको छ ।
वि.सं.२०७८ पुस १९ सोमवार १२:२४