Rajshow Bivag

पन्ध्र वाणिज्य बैंकले गरे पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Departmant of helth services

 

काठमाडौं: चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ वाणिज्य बैंकले त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेका छन् ।

 

वाणिज्य बैंकले प्रकासित गरेको विवरण अधिकांशको मूनाफा बढेको छ ।

 

१५ वाणिज्य बैंकमध्येमा सबैभन्दा बढि एनआईसी एशिया बैंक मूनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक रहेको छ ।

 

एनआईसी एशिया बैंकले १ अर्ब १८ करोड मुनाफा गर्न सफल भएको छ ।

 

त्यस्तै नबिल बैंकले १ अर्ब ११ करोड रुपैयाँ मुनाफा गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म यी दुई वटै बैंकको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ ।

 

एनआईसी एशिया बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एनआईसी एशिया बैंकले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसा घटेर ४० रुपैयाँ ८४ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ ।

 

प्रभु बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१४ प्रतिशत कम हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

 

नेपाल बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट ४ रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ ।

 

एभरेष्ट बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.९२ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २७.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा रहेको छ ।

 

नेपाल बंगलादेश बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४१ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत कम हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६० पैसा घटेर १८ रुपैयाँ २९ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २२.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९५ पैसा रहेको छ ।

 

ग्लोबल आइएमई बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशत बढी हो ।

 

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसाबाट १ रुपैयाँ ७५ पैसाले घटेर २० रुपैयाँ ५७ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ०५ पैसा रहेको छ ।

 

सानिमा बैंक

 

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५६ करोड ७८ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३७ करोड ३२ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले यस वर्ष ५२.१४ प्रतिशतले मुनाफा बढाएको हो ।

 

बैंकको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँ ६४ पैसाबाट बढेर २३ रुपैयाँ ४६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मुल्य आम्दानी अनुपात २१.७३ गुणा छ ।

 

प्राइम कमर्शियल बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९७ करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९० प्रतिशत कम हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ११ पैसाबाट ४ रुपैयाँ ७९ पैसा घटेर २४ रुपैयाँ ३२ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १९.६९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा रहेको छ ।

 

नबिल बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ५७ लाखरुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९४ पैसाबाट ७ रुपैयाँ ८० पैसा घटेर ३२ रुपैयाँ १४ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ ।

 

कुमारी बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१९ प्रतिशत कम हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसाबाट ३ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ६० पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

सिद्धार्थ बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ मु नाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५ पैसाबाट १४ रुपैयाँ ५५ पैसा बढेर ३४ रुपैयाँ ६६ पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ ।

 

कृषि विकास बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ  मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट १ रुपैयाँ २० पैसा घटेर १४ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ३४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ २० पैसा रहेको छ ।

 

लक्ष्मी बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा  बैंकले ५५ करोड २८ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३१ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले यस वर्ष ७६.९९ प्रतिशतले नाफा बढाएको हो ।

 

बै‌कको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ९५ पैसाबा बढेर २० रुपैयाँ ६८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा र मुल्य आम्दानी अनुपात १५.९६ गुणा छ ।

 

एनएमबि बैंक

 

बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ७३ करोड २९ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले यस वर्ष ४२.४९ प्रतिशतले नाफा बढाएको हो ।

 

बैंकको प्रतिशेयर आम्दानी पनि २० रुपैयाँ ५८ पैसाबाट बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ३ पैसा र मुल्य आम्दानी अनुपात १६।०२ गुणा छ ।

 

मेगा बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसाबाट ६ रुपैयाँ ४७ पैसा बढेर २४ रुपैयाँ ९७ पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २० बिहीवार ०५:२४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल ७६ रनले पराजित

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:५२

  काठमाडौं: टी-२० सिरिजको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’...

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

एनएफपीजेको निमन्त्रणामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न नेपाल आएका बंगलादेशका टोली स्वदेश फिर्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:१८

  काठमाडौं: फोटो पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समुह...

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराका साथ आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

  काठमाडौं: मजदुर आन्दोलनको सम्झनामा विश्वभर १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस...

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

नेपालले आज वेस्ट इन्डिज ‘ए’सँग तेस्रो खेल खेल्दै

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:५६

  काठमाडौं: नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेल आज...

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२६

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...