YouTube Link

पन्ध्र वाणिज्य बैंकले गरे पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Facebook Link

 

काठमाडौं: चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ वाणिज्य बैंकले त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेका छन् ।

 

वाणिज्य बैंकले प्रकासित गरेको विवरण अधिकांशको मूनाफा बढेको छ ।

 

१५ वाणिज्य बैंकमध्येमा सबैभन्दा बढि एनआईसी एशिया बैंक मूनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक रहेको छ ।

 

एनआईसी एशिया बैंकले १ अर्ब १८ करोड मुनाफा गर्न सफल भएको छ ।

 

त्यस्तै नबिल बैंकले १ अर्ब ११ करोड रुपैयाँ मुनाफा गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म यी दुई वटै बैंकको प्रतिशेयर आम्दानीमा भने गिरावट आएको छ ।

 

एनआईसी एशिया बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा एनआईसी एशिया बैंकले १ अर्ब १८ करोड ६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ १४ पैसाबाट १ रुपैयाँ ३० पैसा घटेर ४० रुपैयाँ ८४ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ ९० पैसा रहेको छ ।

 

प्रभु बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ६३ करोड ६३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१४ प्रतिशत कम हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो बैंकको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ४३ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७.८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ४५ पैसा रहेको छ।

 

नेपाल बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ७५ करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.१४ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट ४ रुपैयाँ ३८ पैसा बढेर २३ रुपैयाँ ८९ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २०.२६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ ४४ पैसा रहेको छ ।

 

एभरेष्ट बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५७ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.९२ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३३ करोड ४७ रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ११ पैसाले बढेर २५ रुपैयाँ ९२ पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २७.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३४ रुपैयाँ ७३ पैसा रहेको छ ।

 

नेपाल बंगलादेश बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४१ करोड १६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत कम हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५७ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६० पैसा घटेर १८ रुपैयाँ २९ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात २२.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९५ पैसा रहेको छ ।

 

ग्लोबल आइएमई बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.०४ प्रतिशत बढी हो ।

 

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसाबाट १ रुपैयाँ ७५ पैसाले घटेर २० रुपैयाँ ५७ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ०५ पैसा रहेको छ ।

 

सानिमा बैंक

 

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५६ करोड ७८ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३७ करोड ३२ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले यस वर्ष ५२.१४ प्रतिशतले मुनाफा बढाएको हो ।

 

बैंकको प्रतिशेयर आम्दानी पनि १६ रुपैयाँ ६४ पैसाबाट बढेर २३ रुपैयाँ ४६ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मुल्य आम्दानी अनुपात २१.७३ गुणा छ ।

 

प्राइम कमर्शियल बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९७ करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९० प्रतिशत कम हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड ७६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ११ पैसाबाट ४ रुपैयाँ ७९ पैसा घटेर २४ रुपैयाँ ३२ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १९.६९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा रहेको छ ।

 

नबिल बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३९ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३ करोड ५७ लाखरुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ९४ पैसाबाट ७ रुपैयाँ ८० पैसा घटेर ३२ रुपैयाँ १४ पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ४६.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा रहेको छ ।

 

कुमारी बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१९ प्रतिशत कम हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसाबाट ३ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ६० पैसामा झरेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

सिद्धार्थ बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ मु नाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५ पैसाबाट १४ रुपैयाँ ५५ पैसा बढेर ३४ रुपैयाँ ६६ पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ १३ पैसा रहेको छ ।

 

कृषि विकास बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ  मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट १ रुपैयाँ २० पैसा घटेर १४ रुपैयाँ ७० पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ३४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ २० पैसा रहेको छ ।

 

लक्ष्मी बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा  बैंकले ५५ करोड २८ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३१ करोड २३ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले यस वर्ष ७६.९९ प्रतिशतले नाफा बढाएको हो ।

 

बै‌कको प्रतिशेयर आम्दानी पनि ७ रुपैयाँ ९५ पैसाबा बढेर २० रुपैयाँ ६८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा र मुल्य आम्दानी अनुपात १५.९६ गुणा छ ।

 

एनएमबि बैंक

 

बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ४ करोड ४४ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ७३ करोड २९ लाख रुपैयाँ मुनाफा कमाएको बैंकले यस वर्ष ४२.४९ प्रतिशतले नाफा बढाएको हो ।

 

बैंकको प्रतिशेयर आम्दानी पनि २० रुपैयाँ ५८ पैसाबाट बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ३ पैसा र मुल्य आम्दानी अनुपात १६।०२ गुणा छ ।

 

मेगा बैंक

 

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४७ प्रतिशत बढी हो ।

 

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसाबाट ६ रुपैयाँ ४७ पैसा बढेर २४ रुपैयाँ ९७ पैसा पुगेको छ ।

 

असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १३.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...