YouTube Link

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० वर्ष पुरा गरि २१ वर्षमा प्रवेश

Facebook Link

काठमाडौं:  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० वर्ष पुरा गरि २१ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते जीवन बीमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स २१ वर्षमा प्रवेश गरेको हो ।

 

कम्पनी स्थापना हुँदा जीवन बीमा कोष ८ लाख ७ हजार रुपैयाँ मात्रै थियो । कम्पनीले जीवन बीमा कोष एक खर्ब एक अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनी विगत ११ वर्षदेखि अग्रणी स्थानमा रहन सफल भएको छ ।

 

२१ वर्षको दौरानमा कम्पनीले २९ लाख २ हजार ९२६ वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले बीमित सँग शेयरधनीहरुलाई पनि आकर्षक लाभांस दिन सफल भएको छ ।

 

कम्पनीका बीमितिले पाउने बोनसदर न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म छ । कम्पनीले अहिलेसम्म मृत्युदाबी मात्रै तीन अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

 

बीमा अवधि परिपक्व भएर बीमितिले ९ अर्ब ५९ करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी प्राप्त गरेका छन् । आंसिक अवधिको भुक्तानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

 

हाल कम्पनी सँग एक लाख ७४ हजार ७८ जना अभिकर्ता रहेका छन् । कम्पनीले हाल २०० वटा शाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

 

कम्पनीको सर्वाधिक लगानी कोष एक खर्ब १० अर्ब रुपैयाँ छ । दोस्रो बजारमा कम्पनीको बजार पूँजीकरण सर्वाधिक १० कम्पनी भित्र पर्दै आएको छ । कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ ।

 

कम्पनीले नाफाबाटै ६ अर्ब ८९ करोड रुपैयाँको बोनस शेयर वितरण गरिसकेको छ भने तीन अर्ब ४६ करोड रुपैयाँ नगद लाभांस वितरण गरिसकेको छ । शेयरधनीहरुलाई ९ अर्ब भन्दा बढि लाभांस प्रदान गरिसकेको छ ।

 

वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा हार्दिक कृतज्ञताका व्यक्त गरे ।

 

कोरोना भाइरस महामारीका कारण आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफु, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्न आग्रह गरेका छन् ।

 

यो पनि पढ्नुहोस् :

आजदेखि मध्यभोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...