नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० वर्ष पुरा गरि २१ वर्षमा प्रवेश
वि.सं.२०७८ वैशाख २२ बुधवार १०:४१
2.4K
shares
काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २० वर्ष पुरा गरि २१ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते जीवन बीमा व्यवसाय सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स २१ वर्षमा प्रवेश गरेको हो ।
कम्पनी स्थापना हुँदा जीवन बीमा कोष ८ लाख ७ हजार रुपैयाँ मात्रै थियो । कम्पनीले जीवन बीमा कोष एक खर्ब एक अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनी विगत ११ वर्षदेखि अग्रणी स्थानमा रहन सफल भएको छ ।
२१ वर्षको दौरानमा कम्पनीले २९ लाख २ हजार ९२६ वटा जीवन बीमा पोलिसी बिक्री गर्न सफल भएको छ । कम्पनीले बीमित सँग शेयरधनीहरुलाई पनि आकर्षक लाभांस दिन सफल भएको छ ।
कम्पनीका बीमितिले पाउने बोनसदर न्युनतम प्रतिहजार ६२ रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म छ । कम्पनीले अहिलेसम्म मृत्युदाबी मात्रै तीन अर्ब ६९ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।
बीमा अवधि परिपक्व भएर बीमितिले ९ अर्ब ५९ करोड रुपैयाँको मृत्यु दाबी भुक्तानी प्राप्त गरेका छन् । आंसिक अवधिको भुक्तानी ११ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।
हाल कम्पनी सँग एक लाख ७४ हजार ७८ जना अभिकर्ता रहेका छन् । कम्पनीले हाल २०० वटा शाखा मार्फत जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।
कम्पनीको सर्वाधिक लगानी कोष एक खर्ब १० अर्ब रुपैयाँ छ । दोस्रो बजारमा कम्पनीको बजार पूँजीकरण सर्वाधिक १० कम्पनी भित्र पर्दै आएको छ । कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड रुपैयाँ छ ।
कम्पनीले नाफाबाटै ६ अर्ब ८९ करोड रुपैयाँको बोनस शेयर वितरण गरिसकेको छ भने तीन अर्ब ४६ करोड रुपैयाँ नगद लाभांस वितरण गरिसकेको छ । शेयरधनीहरुलाई ९ अर्ब भन्दा बढि लाभांस प्रदान गरिसकेको छ ।
वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैमा हार्दिक कृतज्ञताका व्यक्त गरे ।
कोरोना भाइरस महामारीका कारण आक्रान्त भइरहेको अवस्थामा सबैलाई संयमता अपनाउँदै आफु, आफ्नो परिवार, समाज एवं सम्पूर्णको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राख्न आग्रह गरेका छन् ।
यो पनि पढ्नुहोस् :
आजदेखि मध्यभोटेकोशी जलविद्युत परियोजनाको आईपीओ बिक्री खुला
वि.सं.२०७८ वैशाख २२ बुधवार १०:४१


















