Texas College
YouTube Link

यूनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल

Facebook Link

काठमाडौं:   यूनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल भएकी छिन् । कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

 

कम्पनीले नियुक्ती गरेसँगै पौडेल बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन सफल भएकी छिन् । ३४ वर्षकी पौडेल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ हुन ।

 

पौडेलले भरतको आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा एक दशक भन्दा लामो समय काम गरेकी छिन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रवन्धकमा डेढ वर्ष काम गरेकी पौडेल यूनाइटेड इन्स्योरेन्समा डेढ वर्षदेखि कार्यरत छिन् । उनले भारतको दिल्ली युनिभर्सिटिबाट एमबिए गरेकी छिन् ।

 

कम्पनीको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो । बीमा समितिले स्वीकृति प्रदान गरे सँगै उनलाई जिम्मेवारी प्रदान गरिएको हो ।

 

यूनाइटेड इन्स्योरेन्स कम्पनीको प्रगति ग्राहकको सन्तुष्टि तथा दक्ष जनशक्तिबाट मात्रै संभव हुने कुरामा विश्वास राख्ने पौडेलले  कर्मचारीको टिम वर्कलाई  विशेष ध्यान दिने गरेकी छिन् । उनको आगमन संगै कम्पनी निरन्तर अगाडि बढिरहेको अवस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्ती संगै थप उचाईमा पुग्ने कम्पनीले  विश्वास लिएको छ ।

 

यो पनि पढ्नुहोस् :

सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा १७ प्रतिशत कम

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...