नेपाल वायुसेवा निगम र नेपाल बैंकबिच सहकार्य
वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:४०
1.9K
shares
काठमाडौं: नेपाल वायुसेवा निगम र नेपाल बैंकबिच सहकार्य हुने भएको छ । उक्त सहकार्यसंगै नेपाल वायुसेवा निगमको हवाई टिकटको पैसा क्यूआर स्क्यानबाट भुक्तानी गर्न सकिने भएको हो ।
निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहका बीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले संयुक्त रुपमा सो कार्यको शुरुवात गर्नु भएको हो ।

नेपाल वायुसेवा निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यूआर स्क्यान प्रणाली सोमबारदेखि प्रारम्भ भएको छ ।
यो पनि पढ्नुहोस् :
पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला स्थगन
वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:४०




















