ओम्नि च्यानलबाट एनएमबि बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने
वि.सं.२०७८ वैशाख ४ शनिवार १०:४४
1.7K
shares
काठमाडौं: एनएमबि बैंकबाट नयाँ वर्षमा ग्राहकवर्ग लक्षित ओम्नि च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने ब्यवस्था गरेको छ ।
बैंकबाट प्रत्येक महिनाको पहिलो हप्ता सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नुपर्ने हुन्छ । त्यसैले बैंकले आफ्ना ग्राहकहरूलाई ओम्निच्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गर्नुको साथै अन्य बैंकमा पैसा पठाउँदा शुल्क नलाग्ने सुविधाबाट लाभान्वित हुन अनुरोध गरेको छ ।
विद्यमान परिस्थितिलाई समेत मध्यनजर गदै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग सेवा राष्ट्रब्यापी रुपमा डिजीटल बनाउने अभियानमा एनएमबि बैअग्रसर हुँदै समुदाय स्तरमा सर्वसाधारण सबैमा मुलधारको बैंकिङ्ग सेवा महशुस गराउने माध्यमको रुपमा आफुलाई उभ्याउदै लगेको छ ।
बैंकले निकट भविष्यमा विभिन्न थप ब्राण्डहरुसँग सहकार्य गर्दै लैजाने जनाएको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट www.nmb.com.np को NMB Visa Card Discount अयगलत सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकले हाल देशैभरि १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।
व्यपारीक नगरी जीतपुरमा सार्वजानिक शौचालय विहिन, कराते डोजोसँगको सहकार्यमा शौचालय बन्दै
वि.सं.२०७८ वैशाख ४ शनिवार १०:४४



















