व्यपारीक नगरी जीतपुरमा सार्वजानिक शौचालय विहिन, कराते डोजोसँगको सहकार्यमा शौचालय बन्दै
वि.सं.२०७८ वैशाख ४ शनिवार १०:१४
2.3K
shares
बारा: जितपुरस्थित सिमरा उपमहानगरपालिकामा निर्माणाधिन सार्वजानिक शौचालय करिब ४ वर्ष पुग्दा पनि निर्माण हुन सकेको छैन ।
स्थानीयहरुले पटक-पटक पहल गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाई हुन नसक्दा व्यपारीक नगरी जीतपुरमा सार्वजानिक शौचालय विहिन बनेको हो ।
पथलैया–बिरगंज ६ लेन सडक विस्तारको क्रममा जितपुरको शौचालय भत्काइएको थियो । करिब ३ वर्षदेखि जितपुर शौचालय विहीन रहेको थियो ।
जितपुरमा सार्वजनिक शौचालय निर्माणका लागि सबै प्रतिनिधि तयार भएपनि त्यसका लागि उपयुक्त स्थान नपाएका कारण सार्वजनिक शौचालय बन्न सकेको थिएन ।
जितपुरमा कराते खेलाइने ठाउँमा शौचालयको लागि उपयुक्त हुने देखिए पनि करातेका सम्बन्धित निकायसँग छलफल नभएका कारण शौचालय निर्माणको कार्य अगाडी बढ्न सकेको थिएन ।
शौचालयको लागि हाल कराते डोजोसँग सहकार्य गरि शौचालय तथा डोजोलाई व्यवस्थित बनाई डोजोको केही भाग प्रयोग गरि शौचालय निमार्ण गर्ने सहमति भएको छ ।
शौचालय तथा कवर्ड हलको निर्माण वडा स्तरिय बजेटबाट निर्माण हुने भएकोमा कुल खर्च १० लाख ५३ हजार २ सय रहेको जीतपुर सिमरा उपमहानगरपालिका-७ का वडा अध्यक्ष रामबाबु कलवारले जानकारी गराए ।
यता डोजोका कराते खेल खेलाउने सहायक प्रशिक्षक मनोज कुमार साहले जितपुरको विकासको लागि सदैव तयार रहेको र सार्वजनिक शौचालयको लागि डोजोलाई पनि व्यवस्थित गर्दै जानु पर्ने उनको भनाई छ ।
सार्वजनिक शौचालय निर्माण समितिका अध्यक्ष प्रकाश गिरीका अनुसार विगत ३ वर्षदेखि शौचालयको खाँचो भएका कारण जितपुरका व्यपारी, स्थानीय तथा बाहिरबाट आएका व्यपारीहरुले धेरै सास्ती खेप्दै आएका छन् ।
आज देशका धेरैजसो स्थानमा चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना
वि.सं.२०७८ वैशाख ४ शनिवार १०:१४



















