YouTube Link

रूरू जलविद्युतको सेयर बाँडफाँड, ३७ हजार ९ सय १६ जनाले पाए कम्पनीको साधारण सेयर

Facebook Link

काठमाडौं: रूरू जलविद्युत परियोजना कम्पनीको साधारण सेयर बाँडफाँड भएको छ ।

 

कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन भएको सेयर आज बाँडफाँड गरेको हो ।

 

आवेदकमध्ये ३७ हजार ९ सय ९ जनाले गोला प्रथावाट १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

 

क्यापिटलका अनुसार थप ७ जना भाग्यमानीले ११ कित्ता सेयर पाएका छन् । मागभन्दा ६२ गुणा बढी आवेदन परेकाले २ प्रतिशतले मात्र सेयर पाएका छन् ।

 

कम्पनीको सेयर किन्न १६ लाख ६९ हजार ५ सय ६६ जनाले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका थिए ।

 

कम्पनीले चैत २० गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरेर १ सय २० रुपैयाँ मूल्यमा सेयर निष्कासन गरेको थियो ।

 

४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर बिक्री खुल्ला गरेको थियो ।

 

निष्कासन भएको सेयरमध्ये ८ हजार १ सय ५४ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीका लागि, २० हजार ३ सय ८५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।

 

बाँकी ३ लाख ७८ हजार १ सय ६७ कित्ता सेयरका लागि सर्वसाधारणका लागि छुट्टाइएको थियो ।

 

कम्पनीले यसअघि स्थानीयका लागि छुट्याएको ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

 

स्थानीयका लागि भने प्रतिकित्ता सय रुपैयाँमा नै सेयर निष्कासन गरिएको थियो ।

 

कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको माथिल्लो हुग्दीले २०७१ चैतदेखि  विद्युत उत्पादन गरिरहेको छ ।

 

माथिल्लो हुग्दीमा लगानी गर्ने समूहले नै ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

 

सुनुवार सेवा समाजद्वारा विभिन्न संघ-संगठनमा नवनिर्वाचित तीन प्रतिनिधहरूलाई बधाई तथा सम्मान

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...