Rajshow Bivag

रूरू जलविद्युतको सेयर बाँडफाँड, ३७ हजार ९ सय १६ जनाले पाए कम्पनीको साधारण सेयर

Departmant of helth services

काठमाडौं: रूरू जलविद्युत परियोजना कम्पनीको साधारण सेयर बाँडफाँड भएको छ ।

 

कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन भएको सेयर आज बाँडफाँड गरेको हो ।

 

आवेदकमध्ये ३७ हजार ९ सय ९ जनाले गोला प्रथावाट १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

 

क्यापिटलका अनुसार थप ७ जना भाग्यमानीले ११ कित्ता सेयर पाएका छन् । मागभन्दा ६२ गुणा बढी आवेदन परेकाले २ प्रतिशतले मात्र सेयर पाएका छन् ।

 

कम्पनीको सेयर किन्न १६ लाख ६९ हजार ५ सय ६६ जनाले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका थिए ।

 

कम्पनीले चैत २० गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरेर १ सय २० रुपैयाँ मूल्यमा सेयर निष्कासन गरेको थियो ।

 

४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर बिक्री खुल्ला गरेको थियो ।

 

निष्कासन भएको सेयरमध्ये ८ हजार १ सय ५४ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीका लागि, २० हजार ३ सय ८५ कित्ता अर्थात ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो ।

 

बाँकी ३ लाख ७८ हजार १ सय ६७ कित्ता सेयरका लागि सर्वसाधारणका लागि छुट्टाइएको थियो ।

 

कम्पनीले यसअघि स्थानीयका लागि छुट्याएको ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।

 

स्थानीयका लागि भने प्रतिकित्ता सय रुपैयाँमा नै सेयर निष्कासन गरिएको थियो ।

 

कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको माथिल्लो हुग्दीले २०७१ चैतदेखि  विद्युत उत्पादन गरिरहेको छ ।

 

माथिल्लो हुग्दीमा लगानी गर्ने समूहले नै ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजना पनि निर्माण गरिरहेको छ ।

 

सुनुवार सेवा समाजद्वारा विभिन्न संघ-संगठनमा नवनिर्वाचित तीन प्रतिनिधहरूलाई बधाई तथा सम्मान

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक, नेपालीको औषत आयु ७१.३ वर्ष

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४४

  काठमाडौं: नेपालमा जनसंख्या वार्षिक ०.९२ को दरले वृद्धि भइरहेको...

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

जापानी विदेश मन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:२३

  काठमाडौं: जापानका विदेश मन्त्री कामिकावा योको र प्रधानमन्त्री पुष्पकमल...

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २३ गते आईतबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०७:०२

    मेष - Aries चु, चे, चो, ला, लि,...

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

रामेछाप-काठमाडौं पत्रकार समाजद्वारा ‘भ्रामक सूचना र तथ्य जाँच’ सम्बन्धि एक दिने पत्रकारिता प्रशिक्षण सम्पन्न

वि.सं.२०८१ वैशाख २२ शनिवार २२:०८

  काठमाडौं: रामेछाप-काठमाडौं पत्रकार समाजले एक दिने पत्रकारिता प्रशिक्षण कार्यक्रम...

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु, इतिहासले सम्झिने गरी कैयन् साहसिक र जनपक्षीय कामहरू भएका छन्: प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:०१

  काठमाडौं: नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा...