पेट्रोल प्रतिलिटर १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम
वि.सं.२०७७ चैत २३ सोमवार ०९:०७
1.4K
shares
काठमाडौं: नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ। जसअनुसार अब पेट्रोल प्रतिलिटर मूल्य १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम भएको छ।
पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक एक अर्ब नौ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।
मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर सात रुपैयाँ ३९ पैसा, डिजेलमा एक रुपैयाँ ९४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा ४१८ रुपैयाँ ४७ पैसा घाटा भई करिब रु ८८ करोड बराबरको घाटा र एलपी ग्यासबाट मात्रै १५ दिनमा रु ६० करोड १३ लाख बराबरको घाटा भइरहेको निगमले जनाएको छ ।
घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ । भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३० रुपैयाँ ४७ पैसा र डिजेलमा प्रतिलिटर ३६ रुपैयाँ ६३ पैसा नेपालतर्फ नै सस्तो रहेको निगमले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
नयाँ सत्ता समीकरणको गृहकार्य सुरु
वि.सं.२०७७ चैत २३ सोमवार ०९:०७




















