साधना लघुवित्तमा विभिन्न पदहरुमा रोजगारी अवसर
वि.सं.२०७७ चैत २३ सोमवार ११:२८
1.9K
shares
काठमाडौं: साधना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरुमा कर्मचारीहरुको लागि दरखास्त आव्हान गरेको छ ।
साधना लघुवित्तले जारी गरेको सूचना अनुसार सहायक महाप्रबन्धक एक सहित सहायक अधिकृत, सुपरभाईजर- बरिष्ठ सहायक- सहायक, कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी पदहरुमा केही संख्यामा कर्मचारी माग गरिएको छ ।
मिति २०७७-१२-१९ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो कसैले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र उक्त पदका लागि दरखास्त दिन सक्ने लघुवित्तले जनाएको छ ।
गोरखा नगरपालिका ६ हरामटारीमा केन्द्रिय कार्यालय रही राष्ट्रिय स्तरको लघुवित्तको रुपमा कार्य सञ्चालन गर्दै आएको यस लघुवित्तले दुर्गम र ग्रामीण क्षेत्रमा लघुवित्त बैंकिङ् सेवा प्रदान गर्दै आई रहेको छ ।

यो पनि पढ्नुहोस् :
पेट्रोल प्रतिलिटर १२० र डिजल तथा मट्टीतेल १०३ रुपैयाँ कायम
वि.सं.२०७७ चैत २३ सोमवार ११:२८




















