YouTube Link

नेपाल दुरसञ्चार र महालक्ष्मी बैंकको साधारण सभा चैत १३ गते

Facebook Link

काठमाडौं:  नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकले चैत १३ गते शुक्रवार वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । नेपाल दुरसञ्चार कम्पनीले १३ औं वार्षिक साधारण सभा र महालक्ष्मी विकास बैंकले १९औं वार्षिक साधारण सभा बोलाएको हो ।

 

नेपाल दुरसञ्चार कम्पनीको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

 

उक्त सभामा चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम तय भएको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन लाई सभाले अनुमोदन गर्नेछ ।

 

कम्पनीले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भैसकेका छन् । उक्त निर्वाचनलाई सभाले अनुमोदन गर्नेछ ।

 

साधारण सभा प्रयोजनका लागि नेपाल दुरसञ्चार कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

 

महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा सुरु हुनेछ । उक्त सभा भर्चुअल माध्यमबाट हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्ताव पारित गर्नेछ ।

 

कम्पनीले यस वर्ष ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२.४९ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशतले ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय सभाले गर्नेछ ।

 

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७ करोड २० लाख ६१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि चैत ३ गते देखि सभा हुने दिनसम्म बुक क्लोज हुनेछ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

यो पनि पढ्नुहोस् :

राष्ट्र बैंकले नयाँ नक्सा छाप्ने जिम्मा पोल्याण्डको कम्पनीलाई दियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...