YouTube Link

नेपाल दुरसञ्चार र महालक्ष्मी बैंकको साधारण सभा चैत १३ गते

Facebook Link

काठमाडौं:  नेपाल दुरसञ्चार कम्पनी र महालक्ष्मी विकास बैंकले चैत १३ गते शुक्रवार वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । नेपाल दुरसञ्चार कम्पनीले १३ औं वार्षिक साधारण सभा र महालक्ष्मी विकास बैंकले १९औं वार्षिक साधारण सभा बोलाएको हो ।

 

नेपाल दुरसञ्चार कम्पनीको साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

 

उक्त सभामा चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम तय भएको छ । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन लाई सभाले अनुमोदन गर्नेछ ।

 

कम्पनीले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी अम्बिका प्रसाद पौडेल निर्विरोध निर्वाचित भैसकेका छन् । उक्त निर्वाचनलाई सभाले अनुमोदन गर्नेछ ।

 

साधारण सभा प्रयोजनका लागि नेपाल दुरसञ्चार कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

 

महालक्ष्मी विकास बैंकको वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा सुरु हुनेछ । उक्त सभा भर्चुअल माध्यमबाट हुने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्ताव पारित गर्नेछ ।

 

कम्पनीले यस वर्ष ८.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै हाल कायम रहेको संस्थापकतर्फको ५२.४९ प्रतिशतलाई ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४७.५१ प्रतिशतले ४९ प्रतिशत शेयर स्वामित्व कायम गर्ने निर्णय सभाले गर्नेछ ।

 

हाल कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७ करोड २० लाख ६१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि चैत ३ गते देखि सभा हुने दिनसम्म बुक क्लोज हुनेछ । बुक क्लोजको आधारमा चैत २ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

यो पनि पढ्नुहोस् :

राष्ट्र बैंकले नयाँ नक्सा छाप्ने जिम्मा पोल्याण्डको कम्पनीलाई दियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...