राहदानी विभागले जारी गर्यो ७७ वटै जिल्लालाई राहदानी नवीकरण नगर्न नगराउन परिपत्र
वि.सं.२०७७ चैत ११ बुधवार २०:१३
1.7K
shares
काठमाडौं: राहदानी विभागले राहदानीको म्याद सकिन लागेको भएपनि तत्काल नवीकरण नगर्न नगराउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीका म्याद सकिन लागेको भन्दै नविकरण गर्न जिल्ला प्रशासन कार्यालय र राहदानी विभाग धाइरहेका बेला विभागले यस्तो परिपत्र गरेको हो ।
विभागले यस्तो परिपत्र गरेलगत्तै कतिपय जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै राहदानी नवीकरण नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बुधबार एक सूचना जारी गर्दै सर्वसाधारणलाई यस्तो जानकारी गराइसकेको छ ।
उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न उपत्यकाका तीनै सीडीओको आदेश
वि.सं.२०७७ चैत ११ बुधवार २०:१३



















