YouTube Link

ग्लोबल आइएमई बैंक लिमिटेडले ३० लाख कित्ता ऋणपत्र विक्री खुला

World Cup 2026
Facebook Link

काठमाडौं:  ग्लोबल आइएमई बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ८ दशमलव ५० प्रतिशत व्याजदर भएको ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८६/८७ चैत १ गते देखि विक्री खुला गेको हो ।

कुल ऋणपत्र मध्य १८ लाख कित्ता बैंकले परिपत्र विधिबाट विभिन्न संघ संस्थाहरुलाई व्यक्तिगत तवरले विक्री गर्नेछ भने १२ लाख कित्ता ऋणपत्र आम सर्वसाधारणका लागि विक्री गर्नेछ ।

सर्वसाधारण मध्यको बाट पनि ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी ११ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन गरिएको हो । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले ऋणपत्र छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म विक्री खुला रहने जानकारी दिएको छ । यस ऋणपत्रलाई इक्रा नेपालले न्युन कर्जा जोखिमको संकेत गर्ने इक्रा इस्युअर ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यो ऋणपत्र विक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिद गर्न चाहनेहरुले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीयसंस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

बैंकले यो ऋणपत्र निष्कासनका लागि बैंकले फागुन १६ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

यो पनि पढ्नुहोस् :

करिब २७ लाख कित्ता आईपीओ निष्कासन हुँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...