सेञ्चुरी कमर्सियल बैंकले पर्सामा शाखारहित बैकिङ्ग सेवा सुरु
वि.सं.२०७७ फागुन २४ सोमवार १२:३३
1.7K
shares
काठमाडौं: सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ् सेवा सुरु गरेको छ । बैंकले शाखा रहित बैंकिङ् सेवा विस्तार गरेको हो ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले शनिबार पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित बैकिङ् सेवा सुरु गरेको हो ।
शाखा रहित बैकिङ् सेवाको शुभारम्भ प्रमुख अथितिका रुपमा प्रदेश २ का विधायक मन्जुर आलम र विशेष अथितिको रुपमा सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले गर्नु भएको हो ।
उक्त अवसरमा अध्यक्ष प्रदीप जयसवालले पर्सा जिल्लाको पूरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्धत पुग्ने बताउनु भयो ।
उक्त कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साह साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढी सहभागिता रहेको थियो ।
सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैंकिङ् र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
यो पनि पढ्नुहोस् :
सनराइज बैंकले धनगढीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात
वि.सं.२०७७ फागुन २४ सोमवार १२:३३




















