एमालेभित्रै रहेर ओलीसँग सामना गर्ने माधव नेपाल समूहको निष्कर्ष, केन्द्रीय सदस्यको नामावालीसहित पेरिसडाँडामा
वि.सं.२०७७ फागुन २४ सोमवार १७:३३
1.3K
shares
काठमाडौं: माधवकुमार नेपाल पक्ष नेकपा एमालेभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेको छ ।
प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठकअघि नयाँ बानेश्वरस्थित अर्याल होटलमा आन्तरिक छलफल गरेको नेपाल पक्षले केन्द्रीय सदस्यको नामावली बोकेर पेरिसडाँडा पुगेको छ ।
‘अदालतको आदेशलाई सम्मान गर्दै एमाले पार्टीभित्रै रहेर आफ्नो असहमतिलाई निरन्तर रुपमा अघि बढाउने निष्कर्ष निकालेका छौं,’ माधव नेपालनिकट एक नेताले भने, ‘एमाले भनेको हामीले बनाएको पार्टी हो । त्यसभित्रै रहेर संघर्ष गर्ने हो । जस्तो परिस्थिति आउँछ सामना गर्दै जाने हो ।’
एमाले केन्द्रीय कमिटीमा नेपाल र केपी ओली पक्ष बराबरी अवस्थामा थिए ।
हिजो आइतबार सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अवैधानिक ठहर गर्दै नेकपा नाम पनि नदिएपछि माधव नेपाल समूह सबैभन्दा बढी संकटमा परेको थियो ।
एमालेको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली पक्षले एमाले ब्यूँतिएको भन्दै खुशी व्यक्त गरिरहेको छ भने प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष रहेका छन् ।
वि.सं.२०७७ फागुन २४ सोमवार १७:३३




















