सानिमा बैंक लिमिटेडले कीर्तिपूर पाङ्गा दोबाटोमा कार्यालय स्थापना
वि.सं.२०७७ फागुन १७ सोमवार १७:५०
काठमाडौं: सानिमा बैंक लिमिटेडले सोमबार काठमाडौंको कीर्तिपूर पाङ्गा दोबाटोमा कार्यालय स्थापना गरी बैंकिङ् सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचायले गर्नु भएको हो ।
कीर्तिपूरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा मह जोडीले बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणकालागि कृतज्ञता व्यक्त गर्नु भएको छ । सानिमा बैंक लिमिटेडले सातै प्रदेशमा ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटिएम संचालनमा ल्याएको छ ।
यो पनि पढ्नुहोस् :
टेम्पोमा यात्रा गर्ने यात्रुलाई मेगा बैंकको क्यूआर कोड सुविधा
वि.सं.२०७७ फागुन १७ सोमवार १७:५०